• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चितवन क्षेत्र नम्बर ३ मा रास्वपाका सचिव कोइरालाको चर्चा


चितवन -आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि देशभर चुनावी सरगर्मी बढेसंँगै चितवनमा पनि यसको सरगर्मी ह्वात्तै बढ्दै गएको छ । गत निर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवी लामिछानेको चर्चा भएसंँगै यसपटक क्षेत्र नम्बर ३ मा पनि चुनावी रौनकता थपिने भएको छ । क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल, राप्रपाबाट बिक्रम पाण्डेले उम्मेद्वारी घोषणा गरेसंँगै क्षेत्र नम्बर ३ तातिदै गएको छ । क्षेत्र नम्बर ३ बाट सचिवालय सदस्य सोविता गौतमको उम्मेद्वारी दिने हल्ला भएपनि शनिबार सम्म क्षेत्र नम्बर ३ रास्वपाबाट ५ जनाले उम्मेदवारी दिएका छन । उम्मेद्वारी दिने आकांक्षी मध्ये रास्वपाका जिल्ला सचिव बिशाल कोइरालाको चर्चा बढी छ । क्षेत्र नम्बर ३ बाट आफूले पनि उम्मेद्वारी दिएको सचिव कोइरालाले जानकारी दिए ।

Advertisement

Advertisement

‘सोविता जी पनि उठ्ने सुनेको छु, मेरो लागि उहांँ पहिलो प्राथमिकतामा रहनुहुन्छ ,उहांँले उम्मेद्वारी दिनु भएन भने रास्वपामा मेरो उम्मेद्वारी रहन्छ ।’ सचिव कोइरालाले भने । यी मध्येपनि युवा देखि वृद्धसम्म व्यवसाय संँगै सामाजिक काममा सक्रिय कोइराला बलियो उम्मेदवारका रुपमा देखिएका छन । अन्य आंकाक्षी भन्दा उनको नाम रास्वपामा बढी चर्चामा छ ।

क्षेत्र नम्बर ३ बाट अन्य आकांक्षीमा शैक्षिक उद्यमी हरि भण्डारी, व्यवसायी भुपेन्द्र बस्नेत, प्रकृति ढकाल र रास्वपका क्षत्रीय सभापति मिनी माधव खनाल रहेका छन ।

को हुन विशाल कोइराला ?
उमेरले भर्खर ३१ बर्ष टेकेका विशाल कोइराला चितवनका लागि नौलो नाम होइन । भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगर स्थायी बासिन्दा उनी सानैदेखि मेधावी विद्यार्थीको रुपमा परिचित थिए । बाबु शिक्षक र मध्यमवर्गीय परिवारका उनको प्रारम्भिक शिक्षा भरतपुरको सनराइज स्कुलबाट भयो । २०६६ सालमा एसएलसीमा उत्कृष्ट श्रेणीमा पास गरेका उनको उच्च शिक्षा भरतपुरकै प्रेसिडेन्सी कलेजबाट शुरु भयो । ‘मैले यही कलेजबाट मेनेज्मेन्टमा मास्टर्स डिग्री गरेको हुंँ र अर्कोे मास्टर्स डिग्री विरेन्द्रे क्याम्पसबाट सोसियोलोजीमा गरेंँ ।’ उनले आफ्नो बौद्धिक र र्शैक्षिक योग्यताबारे सुनाए ।

सानैदेखि देशको राजनीतिक तथा सामाजिक परिवेशलाई गहिरोबाट नियाल्ने उनी आफैं उद्यमी बनेर स्थापित हुन चाहन्थे । ‘मैले मास्टर्स पढ्दा देखिनै विभिन्न व्यवसायमा हात हात हालिसकेको थिएंँ, उनले भने, बिहानीको समय म प्राध्यापन पनि गर्छु ।’ उनले आफ्नो व्यस्तता सुनाउंँछन । तर आफू सन्तुष्ट भएपनि समाज र देशको परिवेश, राजनैतिक अस्थिरताले उनको मन पोलिरहन्थ्यो । राजनीति अवस्था स्थिर बलियो भयो भने समाजका सबै क्षेत्र सुधारिन्छन भन्ने उनको मनमा लागिरहन्थ्यो त्यसको लागि उनले बाटो कुरिरहेका थिए । त्यतिबेलासम्म उनी पनि राष्ट्रिय स्वतन्त्रता पार्टीको आंँखा परिसकेका थिए । पछिल्लो समय शिक्षीत , प्राज्ञिक व्यक्तिहरु रास्वपमा भित्रिरहेका बेला उनी पनि चितवन जिल्लामा पर्नु स्वभाविक थियो । ‘ चितवनको उपनिर्वाचनको मलाई रास्वपाको सचिवालय हेर्न अवसर मिल्यो, त्योदिन देखिनै मैले रास्वपामा सक्रिय रुपमा काम गर्दै आएको छु ।‘ उनी भन्छन । त्यसपछि उनको काम, दक्षता हेरेर चितवन जिल्लाकै रास्वपाको सचिव पदको जिम्मेवारी सुम्पियो । त्यहांबाट उनी निरन्तर रास्वपामा सक्रिय छन ।

के के गरे रास्वपामा रहेर उनले ?
उनी पार्टीको जिल्ला सचिव भइसकेपछि चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेको चुनावी अभियानमा सक्रिय भएर लागे । चुनावी अभियान होस वा नारायणगढ –बुटवल सडक खण्डको १२० किमि पदयात्रामा संँगै रहे, पार्टीको अनलाइन प्रणाली अभिलेख काममा पनि उनले निपुर्णता देखाए । यतिबेलासम्म कोइराला रवि लामिछानेको विश्वासिला र निकट व्यक्तित्वको रुपमा स्थापित भइसकेका थिए ।

 

हाल उनले सचिव पदको जिम्मेवारी लिंँदा चितवनका ९४ वटा वडा नगर अधिवेशन दिनरात नभनी सम्पन्न गर्न सफल भए । त्यसैले त उनले रवि लामिछाने आउंँदा चितवनका कार्यक्रम तालिका, कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा अब्बल काम गरेर देखाईसकेका छन । हाल देशभर चितवनको सरगर्मी छाईरहदा चितवनको क्षेत्र नम्बर ३ का लागि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रेनु दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि बिक्रम पाण्डेले उम्मेद्वारी घोषणा गरिरहंँदा उनले पनि गत शुक्रबार आंकाक्षीको रुपमा आफ्नो उम्मेदवारी दिएको जानकारी दिए । ‘क्षेत्र नम्बर ३ बाट पांँच जनाले उम्मेद्वारमा आवेदन दिएको जानकारी छ, उनी भन्छन, शोभिताजीको विकल्पमा मेरो पनि उम्मेदवारको दाबी रहन्छ । पार्टीको आन्तरिक उम्मेदवारी छान्ने प्रणाली, मापदण्ड छन ।’

कोइरालाको उम्मेद्वारी किन ?
पछिल्लो समय युवापुस्ताको आगमन र आकर्षण भईरहेका बेला उनको पनि राजनीतिमा रुचि राखेर देशको सेवा गर्न चाहनु स्वभाविक हो । उनको परिवार झण्डै सांँढे ६ दशक यही चितवनको माटोमा रहेकोले पनि उनलाई यो माटोले राम्ररी चिनेको छ । चितवनको आर्थिक, सामाजिक , भौगोलिक र राजनीतिलाई नजिकबाट चिनेका उनी प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा अब्बल पात्र हुन सक्छन । ‘म आफै उद्यमी हो । मेरो खास उद्धेश्य युवालाई रोजगार , कृषिजन्य उत्पादनको उत्पादन र बजारीकरण मुख्य एजेण्डा हुन । मैले राजीनितलाई पेशा नभएर सेवाको रुपमा लिएर अघि बढ्दै आएको छु ।’ उनको अठोट छ । बिशेषगरी चितवनका किसानले उत्पादन हुने तरकारी, दूध, अण्डा लगायतका कृषिजन्य बस्तुलाई ब्राण्डिङ गरी निर्यात गर्न सकिने उनको विश्वास छ ।

संगठन विस्तारमा पनि योगदान दिएका र चितवनको माटोमा सजिलै भिजेका र राजनीतिमा पनि उत्तिकै भिजन र ईच्छाशक्ति भएर पनि आफुले टिकट पाउनु पर्ने उनको ठहर छ । ‘म यही माटोमा जन्मेको, हुर्केको, मैले गर्ने भनेको पनि यही माटोको लागि मर्ने पनि यही माटोको लागि हो ।’ उनमा राष्ट्रप्रति समर्पण झल्कन्छ ।

मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.