हामी नेपालका संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शुक्रबार उनले सामाजिक सञ्जालमार्फत औपचारिक घोषणा गरेका हुन्।
Advertisement
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ उनले भनेका छन्।
उनले कुन पार्टीबाट चुनाव लड्ने उल्लेख गरेका छैनन्। यद्यपि पछिल्लो समय उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकता गर्नेमा भूमिका खेलेका थिए।
गत निर्वाचनमा गोरखा-१ मा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। गठबन्धनबाट कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका थिए।

