• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

मदुरोले अमेरिकी अदालतलाई भने– म अपहरणमा परेको राष्ट्रपति र युद्धबन्दी हुँ


पुस २२-

अमेरिकाले अपदस्थ गरेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो सोमबार पहिलोपटक न्यूयोर्कको अदालतमा उपस्थित भए।

Advertisement

त्यहाँ उनले आफूलाई अमेरिकी सरकारले ‘अपहरण’ गरेको दाबी गर्दै ट्रम्प प्रशासनले आफूलाई गरिएको पक्राउको कडा आलोचना गरे। सँगसँगै, आफू अझै पनि भेनेजुएलाको वैधानिक राष्ट्रपति भएको बताए।

Advertisement

अदालतको ढोकाबाट मदुरोलाई भित्र्याइँदै गर्दा उनका खुट्टामा लगाइएका नेलको खनक सुनिन्थ्यो। अदालतमा पाइला टेक्नेबित्तिकै उनले सञ्चारकर्मी र सर्वसाधारणले भरिएको दर्शकदीर्घातर्फ हेर्दै आफूलाई ‘अपहरण गरिएको’ बताएका थिए।

न्यूयोर्कको म्यानह्याटनस्थित अदालतमा भएको छोटो सुनुवाइले मदुरोलाई सार्वजनिक रूपमा बोल्ने पहिलो अवसर दियो।

शनिबार क्याराकासमा अमेरिकी सेनाले मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएपछि यो उनको पहिलो सार्वजनिक उपस्थिति थियो।

मदुरोले अदालत कक्ष प्रवेश गर्दा अंग्रेजीमा पटक पटक ‘ह्याप्पी न्यू इयर’ भनेका थिए।

उनको उपस्थितिपछि केही मिनेटमै न्यायाधीश एल्भिन हेलरस्टिनले कारबाही सुरू गर्दै मदुरोलाई आफ्नो पहिचान पुष्टि गर्न भने

मदुरोले शान्त स्वरमा स्पेनिस भाषामा जबाफ दिए, जसको अदालतमा अनुवाद गरिएको थियो — ‘हो, म निकोलस मदुरो हुँ। म भेनेजुएला गणराज्यको राष्ट्रपति हुँ। म जनवरी ३ तारिखदेखि यहाँ अपहरणमा राखिएको छु। मलाई भेनेजुएलाको कराकासस्थित मेरो घरबाट पक्राउ गरिएको हो।’

त्यसपछि न्यायाधीशले बीचमै हस्तक्षेप गरे।

‘यी सबै विषयमा छलफल गरेर तपाईंलाई आफू निर्दोष हुँ भनी प्रमाणित गर्न समय र स्थान तोकिनेछ,’ सन् १९९८ मा राष्ट्रपति बिल क्लिन्टनद्वारा नियुक्त ९२ वर्षीय न्यायाधीश हेलरस्टाइनले भने।

हेलरस्टाइनले मदुरो र उनकी पत्नी फ्लोरेसलाई ‘निष्पक्ष सुनुवाइ र न्यायिक प्रक्रिया’ सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

उनले मदुरोलाई वकिल राख्ने र मौन बस्ने अधिकारसहितका कानुनी अधिकार पनि पढेर सुनाए।

‘मलाई यी अधिकारबारे जानकारी थिएन,’ मदुरोले प्रतिक्रिया दिए।

सोमबार दिउँसो न्यूयोर्कको अदालतमा करिब ४० मिनेट चलेको सुनुवाइ क्रममा मदुरोले लागुऔषध र हतियारसम्बन्धी आरोपहरू अस्वीकार गर्दै आफूहरू निर्दोष रहेको दाबी गरे।

‘म निर्दोष छु। म एक सभ्य व्यक्ति हुँ,’ मदुरोले भने।

सुनुवाइ क्रममा मदुरोले अमेरिकी अदालतमा आफ्नो उपस्थितिप्रति पनि आपत्ति जनाए।

उनकी पत्नी फ्लोरेसले पनि आफू ‘पूर्ण रूपमा निर्दोष’ रहेको बताइन्।

६३ वर्षीय मदुरो र उनकी पत्नीलाई शनिबार भेनेजुएलास्थित उनीहरूको निवास परिसरबाट अमेरिकी सुरक्षाबलले पक्राउ गरेको थियो। यो रातारात सञ्चालन गरिएको आकस्मिक सैन्य अपरेसन थियो। त्यस क्रममा केही सैन्य क्षेत्रमा आक्रमणसमेत भएको थियो। पक्राउपछि दुवैलाई न्यूयोर्कको एक जेलमा लगिएको थियो।

सुनुवाइ क्रममा उनीहरूले नीलो र सुन्तला रंगको सर्ट र खाकी प्यान्ट लगाएका थिए। यो अमेरिकाको जेलमा रहेका कैदी/बन्दीहरूले लगाउने पोसाक हो।

उनीहरूले स्पेनिस अनुवाद सुन्न हेडफोन पनि लगाएका थिए।

मदुरो पहेँलो प्याडमा निकै ध्यानपूर्वक नोट्स लिँदै गरेका देखिन्थे। उनले त्यो प्याड आफूसँगै राख्न पाउने–नपाउनेबारे न्यायाधीशसँग पुष्टि पनि गरे।

अदालत कक्षमा प्रवेश गर्दा मदुरोले पछाडि फर्केर दर्शकदीर्घामा बसेका केही व्यक्तितर्फ टाउको हल्लाएर अभिवादन गरेका थिए। सम्पूर्ण कारबाही अवधिभरि उनको अनुहार शान्त र भावहीन देखिन्थ्यो।

कारबाहीको अन्त्यतिर दर्शकदीर्घामा बसेका एक व्यक्तिले अचानक चिच्याउँदै भने, ‘मदुरो, तिमीले आफ्ना अपराधको मूल्य चुकाउनुपर्नेछ।’

तर यसले मदुरोको हाउभाउमा कुनै परिवर्तन भएन।

मदुरोले स्पेनिसमै जबाफ दिँदै भने, ‘म अपहरणमा परेको राष्ट्रपति र युद्धबन्दी हुँ।’

त्यसपछि उक्त व्यक्तिलाई अदालत कक्षबाट बाहिर निकालियो।

अदालतमा उपस्थित अन्य व्यक्तिहरूका लागि पनि यो सुनुवाइ भावनात्मक रह्यो।

भेनेजुएलाकी पत्रकार माबोर्ट पेटिटका अनुसार मदुरोको गिरफ्तारी क्रममा भएको अमेरिकी मिसाइल आक्रमणबाट कराकासको फुएर्ते तिउना क्षेत्र नजिक रहेको उनको पारिवारिक घर क्षतिग्रस्त भएको थियो।

उनले आफ्ना पूर्वराष्ट्रपतिलाई अमेरिकी मार्सलको निगरानीमा जेलको पोसाकमा अदालतमा ल्याइएको देख्नु ‘अचम्मको अनुभूति’ भएको बताइन्।

मदुरोकी पत्नी फ्लोरेस भने निकै शान्त देखिइन्। उनका आँखा र निधार नजिक चोटका निसान देखिन्थे। उनका वकिलहरूका अनुसार ती चोट सप्ताहन्तमा भएको कारबाही क्रममा लागेको हो।

फ्लोरेसले कपालको जुरो बाँधेकी थिइन्। उनी मसिनो स्वरमा आफ्ना वकिलहरूसँग कुरा गरिरहेकी देखिन्थिन्। वकिलहरूले अदालतसँग उनका लागि उचित स्वास्थ्य उपचारको माग गरेका छन्।

अमेरिकाले मदुरोमाथि लागुऔषध–आतंकवादको षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन तथा अन्य विनाशकारी हतियार राख्ने षड्यन्त्रको आरोप लगाएको छ।

मदुरोसँगै उनकी पत्नी, छोरा तथा अन्य केही व्यक्तिमाथि पनि यस्तै आरोप लगाइएको छ। यो मुद्दाको अर्को सुनुवाइ मार्च १७ का लागि तोकिएको छ।

यसबीच अमेरिकाको यो सैन्य कारबाहीपछि भेनेजुएलाको नेतृत्व कसको हातमा छ भन्ने विषयमा अन्योल पैदा भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा, कोलम्बिया र क्यानडा लगायत अन्य देशप्रति गरेका धम्कीहरू व्यवहारमा उतार्न सक्ने चिन्ता पनि बढाएको छ।

मदुरो दम्पती पक्राउ परेपछि सार्वजनिक गरिएको अभियोगपत्रमा मदुरोले ‘दशकौंदेखि गैरकानुनी गतिविधिलाई संरक्षण र प्रवर्द्धन गर्न सरकारी शक्ति प्रयोग गर्दै आएको’ आरोप लगाइएको छ। उनले ‘भ्रष्ट र अवैध सरकारको नेतृत्व गरिरहेको’ आरोप पनि छ।

अभियोगपत्रमा हालका निर्वाचनहरूमा पराजित भए पनि मदुरो सत्तामा टिकिरहेकाले उनी, उनकी पत्नी र निकट सहयोगीहरूले ‘कोकिन तस्करीको निरन्तर अभियान’ चलाउँदै अपार धन र शक्ति आर्जन गरेको उल्लेख छ।

न्यूयोर्कमा मदुरोले आफू निर्दोष रहेको दाबी गरिरहँदा भेनेजुएलामा उनका पूर्वउपराष्ट्रपति डेल्सी रोड्रिगेज सत्ता सुदृढ गर्न अघि बढिरहेकी छन्।

५६ वर्षीया रोड्रिगेजलाई केही अमेरिकी अधिकारी र विश्लेषकहरूले मदुरोभन्दा व्यावहारिक ठान्छन्। उनले सोमबार क्याराकासस्थित राष्ट्रियसभामा कार्यवाहक राष्ट्रपतिका रूपमा औपचारिक शपथ ग्रहण गरिन्।

सुरूमा उनले मदुरोको गिरफ्तारीको आलोचना गरे पनि आइतबार ट्रम्प प्रशासनप्रति तुलनात्मक रूपमा मेलमिलापपूर्ण स्वर अपनाउँदै ‘शान्तिपूर्ण सहअस्तित्व’ को आह्वान गरेकी थिइन्।

तर शपथ ग्रहणपछि उनले फेरि अमेरिकी कारबाहीको आलोचना गर्दै मदुरोको पक्राउलाई अवैध कार्य भन्दै टिप्पणी गरिन्।

‘मेरो देशमाथि भएको अवैध सैन्य आक्रमणले भेनेजुएलाली जनतामाथि पुर्‍याएको पीडाका लागि म दुःख व्यक्त गर्न आएको हुँ,’ उनले भनिन्, ‘अमेरिकामा बन्धक बनाइएका दुई नायकहरूको अपहरणप्रति पनि म दुःखी छु।’

मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.