• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

सामाजिक सञ्जालमार्फत द्वेष फैलाइएकोमा न्यायालय चिन्तित

काठमाडौँ-

Advertisement

पछिल्लो समय सामाजिक सञ्जालमार्फत समाजमा द्वेष फैलाइएकोमा न्यायालयले चिन्ता प्रकट गरेको छ । मिडियाले समेत कतिपय विषयमा भ्रम सिर्जना हुने गरी समाचार सम्प्रेषण गरेको न्यायालयको गुनासो छ ।

Advertisement

आइतबार सर्वोच्च अदालतमा विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सामाजिक सञ्जालहरूमा न्यायपालिका र न्यायाधीश लक्षित गरी अराजक तथा अश्लील सामग्री प्रसारण भइरहेको भन्दै चिन्ता प्रकट गरेका हुन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा मिडियाले समेत कतिपय विषय, खासगरी विचाराधीन मुद्दाका सन्दर्भमा अदालत र न्यायाधीशको हुर्मत लिने काम गरेको भन्दै गुनासो प्रकट गरे ।

‘लोकतन्त्र, बहुलवादमा स्वच्छ आलोचना गर्न पाइन्छ,’ प्रधान न्यायाधीश राउतले भने, ‘हामीबाट कुनै कमी–कमजोरी र गल्ती भएको रहेछ भने तथ्यमा आधारित रहेर गरिएका आलोचनालाई हामी स्वागत नै गर्छौँ र हामी सच्चिन्छौँ तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत र न्यायाधीशको हुर्मत लिने छुट कसैलाई छैन ।’

पछिल्लो समय न्यायालय र न्यायाधीशहरूलाई लक्षित गर्दै भइरहेका नकारात्मक टिप्पणीका सन्दर्भमा आफूहरूले गम्भीर भएर समीक्षा गरेको पनि उनले सुनाए । यद्यपि, यस्ता अधिकांश आलोचना तथ्यहीन र भ्रामक रहेको पाइएपछि मिडिया सामु आफ्ना धारणा सार्वजनिक गरी समाजलाई ध्यानाकर्षण गराउन चाहेको उनको भनाइ थियो ।

प्रधान न्यायाधीश राउतले न्यायालय र न्यायाधीश डराएको खण्डमा नागरिक हक उपभोग हुन नसक्ने र राज्यको चौथो अङ्गले समेत आफ्नो हक उपभोग गर्न नसक्ने दाबी गरे । उनले न्यायाधीश निर्भीक भएमा नागरिक निश्चिन्त हुन सक्ने प्रस्ट पारे ।

अदालतले आफ्नो काम–कारबाही विधि र प्रक्रिया अनुसार गर्नुपर्ने प्रधान न्यायाधीश राउतले बताए । ‘अदालतमा जे पायो त्यो गर्न पाइँदैन,’ उनले भने, ‘विधि, प्रक्रिया, तथ्य, प्रमाण हेरेर मात्र न्यायाधीशले कुनै पनि मुद्दामा फैसला गर्छ ।’ यति हुँदाहुँदै पनि कहिलेकाहीँ गल्ती भइहाल्यो भने संविधानले नै त्यसलाई सच्याउन सकिने गरी व्यवस्था गरेको उनको जिकिर थियो । ‘जिल्ला अदालतले गल्ती गरेको छ भने उच्च अदालतमा पुगेर सच्याउन सकिन्छ र उच्च अदालतले पनि गल्ती गर्‍यो भने सर्वोच्च अदालतमा पुगेर सच्याउन सकिन्छ,’ उनले भने ।

प्रधान न्यायाधीश राउतले अदालतप्रति नै घृणा फैलाउने हो भने नागरिक सर्वोच्चता नै सङ्कटमा पर्ने दाबीसमेत गरे । उनले बदनियत वा प्रतिशोध साँधेर गरिने आलोचना सह्य नहुने चेतावनीसमेत दिए ।

कार्यक्रममा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू समेत उपस्थित थिए ।

आइतबार, पुष २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.