चितवन- अखिल ( क्रान्तिकारी) बालकुमारी कलेज का इकाइ संयोजक सचिन जङ भट्ट जिल्ला उपाध्यक्षमा निर्बाचित भए पश्चात् आज
अखिल (क्रान्तिकारी) बालकुमारी कलेजको इकाइ अध्यक्षको जिम्मेवारी नदिश मरहट्टाले पाएका छ । आझ कलेजको भएको एक कार्यक्रम बिच उहाँ लाई अध्यक्ष तोकिएको हो । स्कुल जीवन देखि विद्यार्थी राजनीतिमा जोडिएको नदिश मरहट्टा चितवनको उत्कृष्ट बिधालय नारायणी नमुना माबी को इकाइ अध्यक्षको समेत जिम्मेवारीमा थिए ।
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष कृष्ण सुनार, केन्द्रीय सचिबालय सदस्य पवन गुरुङ , केन्द्रिय सदस्य एबम महानगर इन्चार्ज संदेश अधिकारी, पुर्ब जिल्ला संयोजक सुसन चितवने , जिल्ला अध्यक्ष सुशील कार्की लगायतको सहभागिता रहेको थियो । पछिल्लो Gen Z आन्दोलन पश्चात् असली GenZ लाई नेतृत्व हस्तान्तरण गर्ने मह अभियानमामा लागेको अखिल ( क्रान्तिकारी) ले सबै क्याम्पस हरुमा रेगुलर अध्ययन गरिरहेका विद्यार्थी हरु लाई नेतृत्वमा ल्याउने कार्यको थालानी गरेको अखिल ( क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य एबम चितवन / धादिङ कमान्ड इन्चार्ज पवन गुरुङले बताउनु भयो ।
जिम्मेवारी प्राप्त गर्नु हुने नदिश मरहट्टाले अब केही समयमा बालकुमारी कलेजको संगठन स्ववियु जित्ने गरि अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

