भरतपुर, चितवन – भारतीय पुर्वअसम राइफल्स सैनिक कल्याणकारी संघ नेपाल (आरेवा नेपालको)आयोजनामा आरेवा नेपालको दोस्रो प्रतिनिधि भेला भरतपुर चितवनमा सुसम्पन्न भएको छ । आरेवा नेपालको आयोजनामा नेपाल भरिका भारतीय पुर्वअसम राइफल्स सैनिकहरु (आरेवाको) प्रथम वार्षिक साधरण सभा आगामी २०८२ साल मङ्सिर १० गते (२६ नभेम्बर २०२५)का दिन हुन् गैरहेको र वार्षिक साधरण सभा कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफलका लागि राखिएको उक्त एक दिने कार्यक्रम भेलामा कोशी धरान,लुम्बिनी बुटवल,गण्डकी पोखरा,आबुखैरनी,नवलपुर जिल्लाका आरेवा प्रतिनिधिहरु र स्थानीय चितवन जिल्ला आरेवा महिला शसक्तिकरण समिति सहितका पदाधिकारिज्युहरुको बाक्लो उपस्थितिमा भव्यताका साथ सुसम्पन्न भएको हो। कार्यक्रमको सुरुवातमा आरेवा महिला समितिबाट नव आगन्तुक सम्पूर्णलाइ खादा तथा फुल गुच्छाले स्वगात गरिएको थियो । कार्यक्रममा मुख्य अतिथि संस्थाका संरक्षक पुर्व कमानडेनट् श्री प्रेम बहादुर छेत्रीज्यु लाइ आमन्त्रित गरिएको भएतापानी स्वास्थ्यको कारण बाट उहाँ उपस्थित हुन् नसकेको हुनाले मुख्य अतिथि पुर्व सुबेदार मेजर श्री राम बहादुर कार्की क्षेत्रीज्यु रहनु भएको थियो, सभा अध्यक्ष संस्थाका वर्तमान अध्यक्ष ह श्री देव राज खडका र कार्यक्रम संचालक संस्थाका महासचिव ह श्री महेश प्रसाद पौडेलले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष ना सुबेदार श्री टंक बहादुर कार्की छेत्री र आरेवा नेपाल महिला अध्यक्ष नानी माया अधिकारीज्युले दिनु भएको थियो, वा आ श्री भिम प्रसाद शर्माले उपलब्ध सुबिधा, संस्था र आरेवा सदस्यता लिन अति जरुरी छ भन्ने विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमा उपस्थित आरेवा नवलपुर सदस्य ह श्री भिम बहादुर नेपाली, आरेवा नवलपुर अध्यक्ष ह श्री योग प्रसाद शर्मा, पोखराबाट ना सु क्लार्क श्री लाल कुमार श्रेष्ठ, धरानका सुबेदार श्री सी बि राई, पोखराका सुबेदार श्री सुक बहादुर सुनार र विभिन्न स्थानका प्रतिनिधिज्युहरुले कार्यक्रमको आवस्यकता तथा संस्थाका विविध पक्षमा प्रकाश पार्दै आआफ्ना भनाइ राख्नु भएको थियो । कार्यक्रममा एजिएम सम्बन्धि र संस्थाका विविध पक्षमा छलफल तथा निर्णय गर्दै कार्यक्रम आरेवा भारतको एघारौं (११) र आरेवा नेपालको प्रथम वार्षिक साधारण सभा चितवनमा एक साथ् सम्पन्न गर्दा उत्तम हुने र कार्यक्रममा भारत तथा नेपालका इक्षुका सम्पूर्ण पुर्वअसम राइफल्स सैनिकले भाग लिन सक्ने तर ५ दिन भित्र कार्याक्रममा उपस्थित हुन् चाहाने नेपाल तथा भारतका सम्पूर्ण पुर्वअसम राइफल्स सैनिकहरुले (आरेवा सदस्यहरुले मात्रै ) नाम आरेवा नेपाल लाई उपलव्ब्ध गराई सक्नु पर्ने निर्णय, अन्त्यमा एकल महिला र जेष्ठ नगारिक सम्मान पश्चात सभा अध्यक्ष श्री देव राज खड्का ज्युले आफ्ना भनाई तथा निर्णय र कार्यक्रम सफल पार्न उपस्थित सम्पुर्ण लाइ धन्यबाद दिदै सभा समापन गर्नु भएको थियो ।
आरेवा नेपाल दोस्रो प्रतिनिधि भेला भरतपुरको चेतना भिलेजमा सुसम्पन्न
आरेवा नेपाल दोस्रो प्रतिनिधि भेला भरतपुरको चेतना भिलेजमा सुसम्पन्न
तपाईको प्रतिक्रिया

