भदौ २०, चितवन
भरतपुर महानगरालिका वडा नं- ४ मा रहेको वाल्मीकि शिक्षा सदनको आयोजनामा “कविताको रंग वाल्मीकि सँग”, कविता वाचन प्रतियोगिता सम्म्पन्न भएको छ।
आज शनिवार भएको कविता वाचन प्रतियोगितामा विद्यालयमा अध्यनरत कक्षा ४ देखि कक्षा १० सम्मका ४२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरुले गद्य र पद्य छंदमा कविता वाचन गरेका थिए। उनिहरुले “आमा”, “बुवा”, “वाल्मीकि”, “मेरो देश” लगायतका शिर्षकमा कविता वाचन गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण निवास त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार एवं चितवका कवि सुरेन्द्र अस्तफल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष बलिभद्र न्यौपाने, विद्यालय संचालक समितिका निवर्तमान अध्यक्ष टिकाराम रेग्मी , पुर्व अध्यक्ष हरि आचार्य , प्राचार्य प्रदिप पौडेल , सहप्राचार्य प्रकाश सुवेदी , प्ल्स टु कोर्डिनेटर बिष्णु ढकाल आदिको उपस्थिति रहेको थियो।
प्रतियोगितामा विद्यालयका शिक्षक विकल्प श्रेष्ठ , शिक्षिका इन्दिरा पौडेल र सुनिता बराल निर्णायक रहनु भएको थियो।
प्रतियोगितामा सहभागी ४२वटा कविता मध्य २१ वटा उत्कृष्ट कवितालाई सम्मन गरिएको थियो। विद्यार्थीहरुको कविता वाचन प्रती देखिएको रुचिले आगामी दिनहरुमा पनि विद्यालयमा साहित्यिक कार्यक्रम गर्ने कार्यक्रमका अध्यक्ष त्रिपाठीले बताउनु भयो।

