चितवन – चितवनको प्रतिष्ठित शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिजा सर्भिसेजले असोज ३ गते शैक्षिक मेला गर्ने भएको छ । विद्यार्थी तथा अभिभावकलाई युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसंँर्ग प्रत्यक्ष परामर्श गर्ने उद्धेश्यसहित ‘ग्लोबल स्टडी एक्स्पो–२०२५’ कोे आयोजना गर्न लागेको हो ।
हरेक बर्ष जस्तै मेट्सले आफ्नै कार्यालय परिषरमा शैक्षिक मेला गर्दै आएको र सोही अनुसार यसबर्ष पनि मेलाको आयोजना गरिन लागेको मेट्सका क्षत्रीय प्रबन्धक प्रकाश पौडेलले बताउनु भयो ।
‘हामीले बर्षको दुईपटक शैक्षिक मेलाको आयोजना गर्दैछौं, क्षत्रीय प्रबन्धक पौडेलले भन्नुभयो, आगामी इन्टेकलाई लक्षित गर्दै असोज ३ गते मेला गर्न लागेका हौं ।’ अष्ट्रेलिया, क्यानडा, युके तथा अमेरिका देशका गरी ५० बढी प्रतिनिधिहरु आउने पौडेलले जानकारी दिनुभयो । उहांँका अनुसार एआइएचई, एसएएचई, युकेका अक्स्फोर्ड एजुकेसन ग्रुप , क्यानडाको युर्निभर्सिटी अफ क्यानडा, युनिभर्सिटी अफ नायग्रा फल्स लगायतका प्रतिनिधिहरु आउनेछन ।
कार्यालय परिषरमै विद्यार्थी तथा अभिभावकले ती देशका युनिभर्सिटी तथा कलेजको फि, संकाय, कोर्स, भाषा, कला तथा ऐन कानुन सम्बन्धी बिषयमा प्रत्यक्ष रुपमा परामर्श लिन सक्नेछन । विद्यार्थीहरुको डकुमेन्टस पुरा भएको खण्डमा अन द स्पोट एडमिसन गर्न सकिने पनि पौडेलले बताउनु भयो । मेलामा आउने विद्यार्थीहरुका लागि लक्की ड्र मार्फत हात खाली नजाने उपहार उपलब्ध गराउनुका साथै भाषा कक्षामा पनि भारी छुट दिइनेछ । मेलामा विद्यार्थीले आइएलटिस, पिटीईका इन्सट्रक्टर एवं वैंकका प्रतिनिधिहरुसंँग पनि जिज्ञासा राख्न सक्नेछन । मेलामा ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको पौडेलले बताउनु भयो । मेला बिहान ११ बजेदेखि अपरान्ह ४ बजे सम्म सञ्चालन हुनेछ । सन् २००७ देखि काठमाडौंबाट सेवा दिदै आईरहेको यस संस्थाले सन् २००८ बाट चितवनबाट सेवा दिदै आईरहेको छ । संस्थाले अष्ट्रेलिया , क्यानडा, युएसए, युके, न्यूजिल्याण्ड लगायत युरोपियन देशका युनिभर्सिटीका लागि परामर्श दिंँदै आएको छ ।


