काठमाडौं –
नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

