• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

भिजिट भिसामा दिल्ली हुँदै कुवेत पठाउने गिरोह नै सक्रिय


काठमाडौँ –

Advertisement

भिजिट भिसामा कुवेत हिँडेका ४७ जना महिलाहरू साउन ८ मा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेसल एयरपोर्टबाट फर्काइए । नेपाल सरकारले दिनुपर्ने एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना नै उनीहरूलाई कुवेत पठाउन लागिएको सूचनापछि दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेर उनीहरूलाई नेपाल फिर्ता पठाएको थियो ।

Advertisement

फिर्ता भएकाहरूको सूचनाको आधारमा मानव बेचबिखन ब्युरोले उनीहरूलाई पठाउने गिरोहबारे अनुसन्धान सुरु गरेको छ । दिल्लीबाट फर्काइएका १९ जनाले सो गिरोहबारे जाहेरी दिएका छन् । काठमाडौँ विमानस्थलबाट भिजिट भिसामा कडाइ गरिएपछि दिल्ली हुँदै कुवेतमा पठाउने गिरोह सक्रिय भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका एसएसपी कृष्ण पङ्गेनीले बताए । उनले भने, ‘दिल्लीबाट फर्काइएकाहरूसँग जाहेरी लिएर गिरोहबारे अनुसन्धान गर्दै छौँ ।’

भिजिट भिसामा विदेश पठाएर रकम असुलेको घटनामा अख्तियारले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । अख्तियारका अधिकृतहरूले भट्टराईबाट एउटा डायरी जफत गरेका छन् । कागजात नपुगेकाहरूलाई विदेश उड्ने अनुमति दिएर भट्टराईले गिरोहसँग मिलेर लाखौँ असुलेको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । जेठ ७ देखी उनी अनुसन्धानको दायरामा छन् ।

दिल्ली हुँदै कुवेत पठाउने समूहले एनओसी (नो अब्जेक्सन सर्टिफिकेट), पुलिस रिपोर्ट र भिसा पनि फर्जी बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । नेपाल सरकारले कुवेतमा महिलाहरूलाई वर्किङ भिसामा जाने अनुमति दिँदैन । तर, सो समूहले वर्किङ भिसा लगाएर त्यसलाई स्क्यान गरेर फर्जी भिजिट भिसामा रूपान्तरण गर्ने गरेको भेटिएको छ ।

बिचौलियाहरूले काँकडभिट्टा, रुपेडिया र सुनौली हुँदै महिलाहरूलाई दिल्लीमा लगेर एक ठाउँमा जम्मा गर्ने गरेका थिए । काठमाडौँबाट पठाउने र दिल्लीमा सङ्कलन गरेर विमानस्थलसम्म लैजाने समूहको बिचमा कनेक्सन देखिएको अनुसन्धानमा संलग्न ब्यूरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

दिल्लीबाट दूतावासका कर्मचारीले रुपन्देहीमा ल्याएर स्थानीय प्रशासनको जिम्मा लगाएका ४७ जना परिवारको जिम्मामा घर फर्केका छन् । दिल्ली स्थित नेपाली दूतावासका कन्सुलर (एसएसपी) प्रकाश मल्ल नेतृत्वको टिमले उनीहरूलाई रुपन्देहीसम्म ल्याएर स्थानीय प्रशासनको जिम्मा लगाएको थियो । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘केही पीडितहरूलाई माइती नेपालले संरक्षण र परामर्श प्रदान गरिरहेको छ ।’

गृहमन्त्री रमेश लेखकले ती महिलाहरूलाई दिल्लीसम्म लैजाने गिरोहबारे अनुसन्धान गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका थिए । त्यसपछि ब्युरोले जाहेरी लिएर अनुसन्धान अघि बढाएको हो । आरोपीहरू पक्राउ नपरेको भन्दै ब्यूरोका एसएसपी पङ्गेनीले सो गिरोहका सदस्यहरूबारे सार्वजनिक गर्न चाहेनन् । उनले भने, ‘गिरोहका सदस्यहरू पहिचान गर्दैछौँ ।’

बुधबार, साउन १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.