• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, कार्तिक १३, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

भिजिट भिसामा दिल्ली हुँदै कुवेत पठाउने गिरोह नै सक्रिय

काठमाडौँ –

Advertisement

भिजिट भिसामा कुवेत हिँडेका ४७ जना महिलाहरू साउन ८ मा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेसल एयरपोर्टबाट फर्काइए । नेपाल सरकारले दिनुपर्ने एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना नै उनीहरूलाई कुवेत पठाउन लागिएको सूचनापछि दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेर उनीहरूलाई नेपाल फिर्ता पठाएको थियो ।

Advertisement

फिर्ता भएकाहरूको सूचनाको आधारमा मानव बेचबिखन ब्युरोले उनीहरूलाई पठाउने गिरोहबारे अनुसन्धान सुरु गरेको छ । दिल्लीबाट फर्काइएका १९ जनाले सो गिरोहबारे जाहेरी दिएका छन् । काठमाडौँ विमानस्थलबाट भिजिट भिसामा कडाइ गरिएपछि दिल्ली हुँदै कुवेतमा पठाउने गिरोह सक्रिय भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका एसएसपी कृष्ण पङ्गेनीले बताए । उनले भने, ‘दिल्लीबाट फर्काइएकाहरूसँग जाहेरी लिएर गिरोहबारे अनुसन्धान गर्दै छौँ ।’

भिजिट भिसामा विदेश पठाएर रकम असुलेको घटनामा अख्तियारले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । अख्तियारका अधिकृतहरूले भट्टराईबाट एउटा डायरी जफत गरेका छन् । कागजात नपुगेकाहरूलाई विदेश उड्ने अनुमति दिएर भट्टराईले गिरोहसँग मिलेर लाखौँ असुलेको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । जेठ ७ देखी उनी अनुसन्धानको दायरामा छन् ।

दिल्ली हुँदै कुवेत पठाउने समूहले एनओसी (नो अब्जेक्सन सर्टिफिकेट), पुलिस रिपोर्ट र भिसा पनि फर्जी बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । नेपाल सरकारले कुवेतमा महिलाहरूलाई वर्किङ भिसामा जाने अनुमति दिँदैन । तर, सो समूहले वर्किङ भिसा लगाएर त्यसलाई स्क्यान गरेर फर्जी भिजिट भिसामा रूपान्तरण गर्ने गरेको भेटिएको छ ।

बिचौलियाहरूले काँकडभिट्टा, रुपेडिया र सुनौली हुँदै महिलाहरूलाई दिल्लीमा लगेर एक ठाउँमा जम्मा गर्ने गरेका थिए । काठमाडौँबाट पठाउने र दिल्लीमा सङ्कलन गरेर विमानस्थलसम्म लैजाने समूहको बिचमा कनेक्सन देखिएको अनुसन्धानमा संलग्न ब्यूरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

दिल्लीबाट दूतावासका कर्मचारीले रुपन्देहीमा ल्याएर स्थानीय प्रशासनको जिम्मा लगाएका ४७ जना परिवारको जिम्मामा घर फर्केका छन् । दिल्ली स्थित नेपाली दूतावासका कन्सुलर (एसएसपी) प्रकाश मल्ल नेतृत्वको टिमले उनीहरूलाई रुपन्देहीसम्म ल्याएर स्थानीय प्रशासनको जिम्मा लगाएको थियो । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘केही पीडितहरूलाई माइती नेपालले संरक्षण र परामर्श प्रदान गरिरहेको छ ।’

गृहमन्त्री रमेश लेखकले ती महिलाहरूलाई दिल्लीसम्म लैजाने गिरोहबारे अनुसन्धान गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका थिए । त्यसपछि ब्युरोले जाहेरी लिएर अनुसन्धान अघि बढाएको हो । आरोपीहरू पक्राउ नपरेको भन्दै ब्यूरोका एसएसपी पङ्गेनीले सो गिरोहका सदस्यहरूबारे सार्वजनिक गर्न चाहेनन् । उनले भने, ‘गिरोहका सदस्यहरू पहिचान गर्दैछौँ ।’

बुधबार, साउन १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.