• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

स्वस्तिकाकालाई बुवाले बनाइदिए नागरिकता


१४ असार, काभ्रेपलाञ्चोक –

Advertisement

१४ वर्षदेखि अभिभावकविहीन भएर धुलिखेल नगरपालिका–७ मा रहेको बालगृहमा बस्दै आएकी स्वस्तिका केसीले अभिभावक र नागरिकता दुवै पाएकी छिन् ।

Advertisement

बेवारिसे अवस्थामा बीच बाटोमै छाडेर फरार भएका उनका बुबा बिष्णुराज केसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० बाट स्वस्तिकालाई नागरिकता बनाइदिएका हुन ।

स्वस्तिकाकाको नागरिकताको लागि वडाअध्यक्ष निलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाकेले वंशजको आधारमा नागरिकता दिएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा र सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले मंगलबार स्वस्तिकालाई नागरिकता हस्तान्तरण गरेका थिए ।

नागरिकताको लागि सिद्धार्थ बालगृहका सञ्चालक सर्मिला श्रेष्ठ, अभियन्ता अर्जुन भुषाल, स्वस्तिकालाई सबैभन्दा पहिला आश्रय दिने राधा माकजुका छोरा सुवास माकजुलगायतका व्यक्तिहरू स्वस्तिकाको पुर्ख्यौली गाउँ चौतारा साँगाचोकगढी नगरपालिका-१० खत्रीथोक र प्रशासन कार्यालय पुगेका थिए ।

‘नागरिकताको लागि त्यति सहज थिएन । वडा कार्यालयले सार्वजनिक मुचुल्का खोजेको थियो । तर, वडा अध्यक्षले सबै स्थानीय भेला गरेर मुचुल्का तयार गरिदिनुभयो र सहज भयो’, अभियनता अर्जुन भुषालले भने ।

वडा अध्यक्ष निलबहादुर तामाङले स्वस्तिकाका बुबा गाउँमा नबसेकोले केही समस्या भए पनि नागरिकता सिफारिसमा स्थानीय गाउँलेहरु सबैले सार्वजनिक मुचुल्कामा हस्ताक्षर गरिदिएर सहयोग गरेको जानकारी दिए ।

स्वस्तिकाका बुबा विष्णु सिन्धुपाल्चोकमा भए पनि उनी कामको सिलसिलामा जिल्ला बाहिरनै बसेका थिए ।

नागरिकता बनाउनका लागि परिवार खोज्न स्वस्तिकालाई आश्रय दिएको सिद्धार्थ बालगृहका सञ्चालक सर्मिला श्रेष्ठले धेरै प्रयास गर्दा पनि कोही पनि सम्पर्कमा नआएपछि सामाजिक अभियन्ता अर्जुन भुसालको सहयोगमा स्वस्तिकाका बुबा र ममीलाई सम्पर्कमा आएका थिए ।

भुसाल धुलिखेल नै आएर सामाजिक सञ्जालमा हालेको भिडियो हेरेर स्वस्तिकाकी आमा मञ्जु केसी (नागरिकतामा कृति गुरुङ) चितवनबाट सम्पर्कमा आएकी थिइन् भने स्वस्तिकाका बुबा धुलिखेलबाट नै सम्पर्कमा आएका थिए ।

बुबा आमा दुवैले छाडेपनि अहिले दुवै जनासँग भेट्न पाएकोमा एकदम खुसी लागेको स्वस्तिकाले बताइन् । ‘मैले बुबा र ममीसँग भेट्छु भनेर सोचेको पनि थिइनँ । भेट्दा खुसी लाग्यो । भेट्नुअघि बुवालाई भेटेर किन बीचबाटोमा छाडेर हिँडेको भनेर प्रश्न गर्छु भन्ने थियो । तर उहाँले भेट्नुभयो । मलाई पहिचान दिनुभयो । यसैमा धेरै खुशी भएँ’, स्वस्तिकाले भनिन, ‘म सानै थिएँ, छाडेको कुरा ठूलो भएपछि मात्र थाहा पाएँ । ठूलो हुँदै गएपछि आफ्नो बुबा-ममी कहाँ होलान भन्ने मनमा खेल्थ्यो, आज दुवैलाई भेटेर खुशी छु ।‘

धुलिखेल–७ मा बाबुले छाडेर गएपछि स्वस्तिकालाई धुलिखेलकै राधा माकजुले फेला पारिन् । एक वर्ष आफ्नो साथमा राखेर धुलिखेल इङ्गलिस बोर्डिङ स्कुलमा पढाइन् ।

तर, राधा धुलिखेलको बसाइ छाडेर अमेरिका जाने भइन् । त्यसपछि स्वस्तिकालाई शर्मिला श्रेष्ठले सञ्चालन गरेको सिद्धार्थ बालगृहमा राखियो ।

उनले सिद्धार्थ बालगृहमा बसेर १० कक्षासम्म धुलिखेलकै सञ्जीवनी नमूना माध्यमिक विद्यालय र ११ र १२ कक्षा बनेपामा रहेको आदर्श विद्या मन्दिरमा अध्ययन गरिन् ।

बुधबार, साउन १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.