असार २५, चितवन –
भरतपुर–२, क्षेत्रपुरमा अवस्थित एपेक्स एकेडेमीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले गुरु पूर्णिमाको अवसरमा आफ्ना शिक्षकहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेका छन्। गुरु र शिष्यबीचको पवित्र सम्बन्धलाई स्मरण गर्ने यस विशेष दिनमा विद्यार्थीहरूले फुलमाला, फलफूल र शुभकामनासहित गुरुहरूलाई सम्मान अर्पण गरेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूका अनुसार, “हामीले दिन–रात मेहनत गरेर शिक्षा प्रदान गर्ने गुरुहरूको योगदानलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरेका हौं।”
विद्यालय प्रशासनले पनि विद्यार्थीहरूको यो पहललाई सराहना गर्दै यस्ता संस्कारले युवा पुस्तामा अनुशासन, कृतज्ञता र संस्कारको विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ।
गुरु पूर्णिमा हिन्दू धर्म, बौद्ध परम्परा र नेपाली समाजमा गुरुकाे योगदानलाई सम्झिने विशेष दिन हो। महर्षि वेदव्यासको जन्मजयन्तीको रूपमा समेत यो दिनलाई स्मरण गरिन्छ।

