• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

जोनल ओलम्पिक सम्मान कार्यक्रम भरतपुरमा भव्यताका साथ सम्पन्न


चितवन -रोटर्‍याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तरगत जोन १४ द्वारा आयोजना गरिएको समारोह शनिबार दियालो फूडल्याण्ड, भरतपुरमा भव्य रूपमा सम्पन्न भयो। ओलम्पिक प्रतियोगितामा सक्रिय सहभागी जोन १४ का १२ क्लबहरू, निर्णायकहरू, स्वयंसेवकहरू र अग्रजहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा १०० भन्दा बढी सहभागीहरू उपस्थित थिए।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि सन् २०२६-२७ का लागि रोट्र्याक्ट जिल्ला प्रतिनिधि मनोनित प्रकाश गैरे शर्मा, विशिष्ट अतिथिको रूपमा डिस्ट्रिक्ट ३२९२ का चार्टर डी.आर.आर. राजन पिया, र विशेष अतिथिको रूपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि.का प्रिन्सिपल वाई.बी. पौडेलको उपस्थिति रहेको थियो। शर्माले रोट्र्याक्टले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास, सामाजिक सेवा, तथा समुदाय निर्माणमा योगदान पुर्‍याउने सुनौलो अवसर दिने बताउनुभयो।

Advertisement

चार्टर डी.आर.आर. राजन पियाले सम्बोधनको क्रममा भन्नुभयो:

“रोट्र्याक्ट केवल क्लब वा कार्यक्रम होइन, यो नेतृत्व, मित्रता र समर्पणको सशक्त यात्रा हो।”
“जोन-१४ को सक्रियता, अनुशासन र सहकार्यले सधैं सम्पूर्ण जिल्लालाई प्रेरणा दिएको छ। यस्ता कार्यक्रमहरूले संस्थाको आत्मा जीवित राख्छन्।”

कार्यक्रममा रोटर्‍याक्ट क्लब अफ चितवनलाई उत्कृष्ट प्रदर्शनका लागि जोनल ओलम्पिक च्याम्पियनको उपाधि प्रदान गरिएको थियो। क्लबलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको दृश्यले सम्पूर्ण माहोल उत्सवमय बनाएको थियो।साथै कार्यक्रममा जोनल ओलम्पिकमा खेलिएको सम्पूर्ण १२ वटा खेलका विजेता, उप-विजेता खेलाडीहरूलाई मेडल र सर्टिफिकेट प्रदान गरिएको थियो।

समारोहको अर्काे विशेष पक्ष भनेको जोन १४ का पूर्व जोनल रोटर्‍याक्ट रिप्रेजेन्टेटिभको सम्मान थियो। उहाँहरूलाई रोटर्‍याक्टमा दिनुभएको योगदानप्रति कृतज्ञता प्रकट गर्दै विशेष रूपमा सम्मानित गरियो। उक्त कार्यक्रमा ९ जना पूर्व जोनल रोटर्‍याक्ट रिप्रेजेन्टेटिभलाई सम्मान गरिएको थियो। त्यस्तै, चार्टर डी.आर.आर. राजन पियालाई दौंसला ओढाएर विशेष सम्मान प्रदान गरिएको थियो।

 

कार्यक्रमको अध्यक्षता जोनल जोन १४ का जोनल रोटर्‍याक्ट रिप्रेजेन्टेटिभ सुरज भण्डारीले गरेका थिए। उनले भने, “यो सम्मान समारोह केवल ट्रफी वितरणको कार्यक्रम होइन, यो जोन १४ को एकता, जोश र सहकार्यको उत्सव हो। आगामी वर्षमा अझ ऊर्जा र प्रतिबद्धताका साथ फर्किने प्रण लिएको छु।”

सुरज भण्डारीको संयोजनमा आयोजना गरिएको यस समारोहमा जोनल ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने क्लब रोट्र्याक्ट क्लब अफ चितवन लाई “Zonal Olympic Award” प्रदान गरिएको थियो।

 

कार्यक्रममा रोटेरियनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यो कार्यक्रमले खेलकुद र नेतृत्वको माध्यमबाट जोन १४ भित्रको भाइचाराको भावना, सहभागिता र सशक्तिकरणलाई अझ सुदृढ बनाएको छ।

सोमबार, असार १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.