असार १४, चितवन –
चितवनको भरतपुर–४ मा अवस्थित वाल्मिकि शिक्षा सदनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयका अनुसार कुल १८० जना विद्यार्थी सहभागी रहेको परिक्षामा ८९ जनाले ३.६ भन्दा माथि जीपीए प्राप्त गरेका छन्। त्यस्तै, ६३ जनाले ३.२ भन्दा माथि र २३ जनाले २.८ भन्दा माथि जीपीए ल्याएका छन्।
विद्यालयका सह-प्राचार्य प्रकाश सुबेदीका अनुसार विद्यार्थी निकेश कँडेल ले अधिकतम ४.० जीपीए ल्याई विद्यालयको शिर गर्वले उचो बनाएका छन्। “निकेश यसअघि पनि सबै आन्तरिक परीक्षा तथा प्रतियोगितामा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएका थिए,” सुबेदीले बताए।
विद्यालयले पाएको यस सफलता पछाडि विद्यार्थीहरूको कडा मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वास रहेको प्राचार्य प्रदीप पौडेलले बताए। “यो उपलब्धि सम्पूर्ण वाल्मिकी परिवारका लागि प्रेरणादायी छ,” उनले भने।
प्राचार्य पौडेलले परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै भविष्यको यात्राका लागि शुभकामना समेत व्यक्त गरे।

