चितवन, असार १२ – लोकदोहोरी क्षेत्रको प्रवर्द्धन तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले चितवनमा लोकगीत प्रतियोगिता हुने भएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति चितवनको आयोजनामा प्रतियोगिता असार २१ गते शनिबार जुगेडीस्थित संस्थाको आफ्नै भवनमा आयोजना गरिनेछ।
कार्यसमिति सदस्य भुमिराज घिमिरेका अनुसार प्रतियोगिता बिहान १० बजेबाट सुरु हुनेछ। प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, दोस्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार र सान्त्वना पुरस्कारस्वरूप ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
जिल्ला अध्यक्ष कृष्णप्रसाद भट्टराईले प्रतियोगितामा सहभागी हुन चाहनेले असार २० गते साँझ ४ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने जानकारी दिए।
Advertisement
नाम दर्ताका लागि ९८४५०५६८६९ वा ९८४५४१९५३१ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।


