नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (YCL) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट चितवनका सन्तोष पनेरु केन्द्रिय उपाध्यक्ष र साजन अधिकारी उपमहासचिवमा सर्वसम्मत चयन भएका छन् ।पनेरु यसअघि कोषाध्यक्ष र अधिकारी वागमति प्रदेश कमिटीको अध्यक्ष थिए ।
तेस्रो सम्मेलनबाट केन्द्रिय सचिवालय सदस्यमा किरण धामी, केन्द्रिय सदस्यहरुमा भानु न्यौपाने, रिचा सुनार र निशा राना मगरले चितवनबाट प्रतिनिधित्व गर्नेछन् ।
Advertisement
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् ।निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए ।यस्तै महासचिव गणेश शाही चयन भएका छन् ।


