हुम्ला – चीनले हुम्लाको अदानचुली गाउँपालिकालाई सूचना प्रविधि सम्बन्धी सामग्री सहयोग गरेको छ ।
पूराङ काउन्टी च्याल डिकोरेसन कम्पनीले अदानचुली गाउँपालिकालाई उक्त सामग्री सहयोग गरेको गाउँपालिका अध्यक्ष मोहनबिकम सिंहले जानकारी दिए । आइतबार गाउँपालिका अध्यक्ष माेहनबिकम सिंहसहितको टोली हुम्लाको हिल्सा नाका पुगेर ९० लाख मूल्य बराबरको उक्त सहयोग सामग्री बुझेका हुन् ।
अध्यक्ष सिंहका अनुसार सहयोग सामग्रीहरूमा कम्प्युटर, प्रिन्टर, प्राेजेक्टर लगायत सामग्री रहेका छन् ।
Advertisement

