• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

विपन्नका लागि आम्दानीको स्रोत बन्दै काफल


तानसेन – यहाँको माथागढी गाउँपालिकाको रत्न माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सविता नेपालीले काफल बिक्रीबाट प्राप्त रकमले किताब, कापी र पोसाक किन्ने गरेकी छन् । गरिबीका कारण पढाइ खर्च जुटाउन र अन्नको जोहो गर्न काफल बिक्री गर्दै आएको उनी बताइन्।

Advertisement

‘स्कूलबाट घर पुग्दा आमा बुवाले काफल टिपेर राखिदिनुहुन्छ, अर्को दिन त्यही काफल बोकेर बिक्री गर्न नजिकैको पसलमा लैजान्छु, कहिले सडकमा गएर बस्छु, गाडीका यात्रुले किनेर लैजानुहुन्छ,’ उनले भनिन्। चैतको पहिलो हप्तादेखि वैशाख अन्तिमसम्म बिहान बेलुका काफल टिपेर बेच्दै आएको उनले बताइन्। दैनिक चार सयसम्मको काफल बेच्ने गरेको उनको भनाइ छ । अर्का छात्र मनिष सारुले पनि घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ खर्च जुटाउन काफल बेच्दै आएका छन् ।

Advertisement

‘सँगैका साथीहरू काफल बेच्न हिँडेका छन्, राम्रै पैसा घर लान्छन्’, उनले भने, ‘सिजनको फल भएकाले सबैको आम्दानीको स्रोत बनेको छ काफल ।’ उनीहरु जस्ता धेरै बालबालिकाको पढाइ काफलसँग जोडिएको छ । सिजनको समयमा बिहान-बेलुका धेरै बालबालिका देवगिर, दकमडा, तानसेनका सडकहरूमा काफल बेच्दै गरेका भेटिन्छन् ।

जिल्लाको माथागढी, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका ६० बढी बालबालिका काफल बेच्ने गर्छन् । कालिका मावि मुझुङमा पढ्ने सुदिप सोमरे र प्रदीप कनौजेले काफल बेचेरै कापी कलम जोहो गर्छन् । बुटवल, भैरहवा र काठमाडौँ जाने यात्रुले मौसमी फलका रूपमा काफल किन्छन् । बालबालिकाहरूले मात्रै होइन अभिभावकले समेत काफल बिक्री गरेर अन्नको जोहो गर्छन् ।

माथागढी गाउँपालिकाको शिकारकोटकी ६५ वर्षीया वसन्ती दर्लामीले यस पटक एक महिनामा काफल बिक्री गरेर वर्ष दिनलाई पुग्ने अन्न जोहो गर्छिन्।

‘यो सिजनमा बिक्री गरेको काफलबाट आएको पैसाले एक वर्षलाई पुग्ने नुन, तेल, चिनी र दाल किनिसकेकी छु’, दर्लामीले भनिन्। गाउँ बस्तीलाई सडक सञ्जालले जोडेपछि शिकारकोटको मात्र नभई देवगिरका एक सय बढी परिवारका लागि आम्दानीको स्रोत बनेको छ, काफल ।

चैतको पहिलो सातादेखि वैशाखको तेस्रो सातासम्म यहाँका अधिकांश सर्वसाधारण काफल टिप्न व्यस्त हुन्छन् । स्थानीयले व्यापारीलाई प्रति माना ८० का दरले बिक्री गर्छन् । माथिल्लो शिकारकोटका २० भन्दा बढी घर परिवारले पहिलो दिन काफल टिपी भोलि बिहानै मिर्मिरेमा डोकोमा बोकी हुलै भएर खहरे, सराइ, दमकडा बजारका बस्ती–बस्तीमा पुगी मौसमअनुसार एक सयदेखि दुई सयसम्ममा प्रति माना बिक्री गर्ने गरेको स्थानीय बुधमाया घर्ती बताउँछिन्।

‘पहिला–पहिला काफल बेच्न अहिले जस्तो सजिलो थिएन । काफल र अन्न, गहुँ, मकै, चामलसित बराबरी साट्नका लागि पोखराथोक, चिदीपानी, नायर नमतलेस, मदनपोखरा जस्ता बस्तीमा पुग्नुपथ्र्यो’, उनले भनिन् अहिले आफ्नै टोल, घरबाट गाडीमा बसेर तानसेन–बुटवल जस्ता सहरमा लैजाँदा दैनिक चारदेखि छ हजारसम्म कमाइ हुन्छ ।’

देवगिरकी स्थानीय गीता बरालले गत वर्ष काफल बिक्रीबाट ४० हजार कमाइन्। यस वर्ष कम फलेका कारण २०-२२ हजार मात्रै आम्दानी हुने उनको अनुमान छ ।

यहाँका काफल बुटवल, तानसेन, बुटवलका बजारसम्म बिक्रीका लागि लगिने गरिन्छ । देवगिरका स्थानीय व्यापारी बालकृष्ण न्यौपानेका अनुसार गतवर्ष मात्रै काफल बिक्रीबाटै गाउँमा रु २५ लाख भित्रिएको थियो ।

शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.