• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

बुद्धको ७२ सिट क्षमताको जहाजले गर्‍यो काठमाडौं–भरतपुर परीक्षण उडान


चितवन – बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले आज बिहान काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । बिहान साढे ९ बजे भरतपुर विमानस्थलमा पहिलोपटक अवतरण गरेको बुद्ध एयरको ७२ सिटे जहाजले दुबै साइडबाट उडान र अवतरण गरेको थियो ।

Advertisement

दक्षिण पूर्वतर्फ रनवे १५ र पश्चिमतर्फ रनवे ३३ बाट उडान तथा अवतरणको परीक्षण गरिएको हो । बुद्धका पाइलटद्वय प्रमोद थापा र रवि श्रेष्ठले विमानको परीक्षण उडान गरेका थिए । क्याप्टेन थापाले परीक्षण उडानमा खासै समस्या नभएको सुनाए । २७ वर्षदेखि बुद्धमा काम गर्दै आएका थापाले भरतपुर विमानस्थलमा उडान तथा अवतरणमा असहज र जोखिम नभएको बताए । उनले परीक्षण उडानका रिपोर्टहरु बुझाउने तयारी सुरु गरिसकेको जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले विमानको उडान अवतरणको निरीक्षण गरेका थिए । प्राधिकरणमा विमानहरुको रेगुलेसन तथा सुरक्षा सम्बन्धी विभागसमेत हेर्दै आएका कर्णले भरतपुरमा ७२ सिटको जहाज कसरी ल्याउन सकिन्छ भनेर परीक्षण उडान गरिएको बताए । उनले विमानको परीक्षणका क्रममा दुई चालकबीच भएको कुराकानी, भ्वाइस रेकर्ड, इन्जिनको अवस्था, ब्रेकिङ्ग एक्सन जस्ता विषयको अध्ययन फ्लाइट रेकर्डरका माध्यमबाट हेरेर रिपोर्ट तयार गरेपछि मात्रै उडान परीक्षण सफल भयो कि भएन भन्न सकिने बताए । लोड विमान परीक्षण हुनु र लोडसहित अवतरण गर्नु फरक विषय भएको भन्दै उनले सबै पक्षहरुको विश्लेषण गरिने बताए ।

Advertisement

उनले अबको एक वा डेढ महिनामा रिपोर्ट बुझाउने र एयरलाइन्सले चाहेमा दुई महिना भित्र नियमित उडान गर्न सक्ने बताए ।

विमानको उडान परीक्षणका क्रममा नेपाल नागरिक उड्यन प्राधिकरणका इन्जिनियरहरु पनि सँगसँगै रहेकाले उनीहरुले पनि रिपोर्ट दिने बुद्ध एयर भरतपुरका स्टेशन इन्चार्ज भक्त बस्नेतले बताए ।

हाल बुद्ध एयरको ४२ सिट क्षमताको जहाजले मात्रै काठमाडौं–भरतपुर र पोखरा–भरतपुर उडान गर्दै आएको छ । अब ७२ सिट क्षमताको जहाज पनि चलाउने तयारी अनुसार परीक्षण उडान गरिएको हो । प्राधिकरणले अनुमति दिन ढिला भएका कारण परीक्षण उडान पनि ढिला भएको बस्नेतको भनाइ छ ।

बुद्धका अहिले उडान गर्दै आएका २ वटा ४२ सिटे जहाजमध्ये एउटा फेजआउट हुने क्रममा रहेकाले ७२ सिटे जहाज ल्याउनुपर्ने बाध्यतामा बुद्ध एयर छ । बुद्धले हाल भरतपुरबाट दैनिक ७ उडान गर्दै आएको छ । यसअघि श्री एयरलाइन्सको ७२ सिट क्षमताको जहाजले २०८१ असार ६ गते भरतपुर विमानस्थलमा परीक्षण उडान गरेर कार्तिकदेखि नियमित उडान गर्दै आएको छ ।

केही वर्ष अगाडि यति एयरलाइन्सको विमान भरतपुर आउने गरे पनि अहिले भने उडान रोकिएको छ ।

भरतपुर-काठमाडौंको हवाई यात्रा जम्मा २० मिनेटको हुने गरेको छ ।

अहिले बुद्धले भरतपुर–काठमाडौंको एकतर्फी भाडा ४ हजार ५०० भन्दा बढी लिने गरेको छ । ठूलो जहाजले नियमित उडान सुरु गरेपछि भाडा केही घट्ने अपेक्षा गरिएको छ ।

भरतपुर विमानस्थलको रनवे छोटो भएकाले ठूला जहाज आउन नसक्ने विगतमा बताइँदै आए पनि अहिले भने ७२ सिट क्षमताको एटीआर आउन थालेका छन् ।

हाल १२ सय मिटर लामो रनवेलाई बढाउने भन्दै विमानस्थलभन्दा पश्चिमतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रसँग ३ सय मिटर जग्गा लिने प्रकृया सुरु भएको छ ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन पनि बन्दैछ ।

विमानस्थलको पूर्वतर्फ बनेका घर र ती घरमाथि बनेका संरचनाले भने सधैं जोखिमपूर्ण रहँदै आएको छ ।

बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.