• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

भरतपुर महानगरका मेयर दाहालद्धारा मेड इन नेपाल एक्स्पोको उद्घाटन


चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबलको उद्घाटन गरेकी छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले आयोजना गरेको एक्स्पोको उद्घाटन गर्दै मेयर दाहालले नीजि क्षेत्रका साथमा महानगर रहेको बताइन् । एक्स्पोले उद्योगी व्यवसायीमा उत्साह थप्ने विश्वास गर्दै उनले स्वदेशी वस्तु तथा सेवाको प्रबद्र्धन र रोजगारी सिर्जना गर्न कोशेढुंगा सावित हुने बताइन् ।

Advertisement

‘भरतपुरमा पछिल्लो समय मेला, महोत्सव, प्रदर्शनीहरु भइरहेका छन् । नीजि क्षेत्रमा देखिएको निराशालाई ध्यानमा राखेर भ्रमण वर्ष आयोजना ग¥यो । आर्थिक गतिविधि चलायमान बनाउन केहि न केहि सहयोग ग¥यो’, उनले भनिन् । महानगरले पछिल्लो आठ वर्षमा करको दर नबढाएको, बरु दायरा मात्रै बढाइएको उनले बताइन् । ‘स्थानीय सरकारले अब के गर्नुपर्ने छ ? त्यो दिनुहोला । हामी तपाईहरुको महत्वपूर्ण सल्लाह सुझावलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने छौँ’, उनले भनिन् ।
भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले उद्योगी व्यवसायीलाई परेका समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताए । नेपालमै केहि गर्छु भनेर उद्यम गरेको युवाहरुलाई तीनै तहको सरकारले संरक्षण गर्नुपर्ने भन्दै उनले राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन मेड इन नेपाल एक्स्पोले महत्वपूर्ण योगदान गर्ने बताए ।

Advertisement

भरतपुर–१ का वडा अध्यक्ष केशव महर्जनले एक्स्पो देशलाई आत्मनिर्भर बनाउने एउटा पाइला भएको बताए । उद्योगी व्यवसायीलाई परेको समस्या महानगरले समाधान गर्दै जानुपर्ने भन्दै उनले आफ्नो वडामा दैनिक तीन देखि चार वटा व्यवसाय बन्द हुने गरेको बताए । स्वदेशी वस्तुको प्रयोग बढाउन वडा कार्यालयले सडकमा ढलान गर्ने कामलाई प्राथमिकतामा राखेको उनले बताए ।

नेपाली युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई नै बलियो र चलायमान बनाउन एक्स्पो महत्वपूर्ण हुने बताए । उनका अनुसार मञ्चको सात वटा प्रदेशमा १४ वटा च्याप्टर छन् । मञ्चमा देशभरबाट करिब ९०० युवा उद्यमी आबद्ध रहेको उनले जानकारी दिए । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धनलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमले तंग्रिन खोज्दै गरेका उद्योगलाई बैंकले न्याक्ने काम मात्रै गरेको बताए । चितवनमा एक वर्षको अवधिमा २०० भन्दा बढी उद्योग बन्द भएको बताउँदै उनले बन्द भएका उ्रद्योगको खोजी गर्न जरुरी रहेको बताए । उद्योगीहरु रोजगारदाता र करदाता समेत भएको बताउँदै उनले उद्योगीलाई सरकारले संरक्षण गर्नुपर्ने बताए ।
उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदीले एक्स्पाले नेपाली उत्पादनको प्रयोग गरौँ भन्ने भावना जगाउने विश्वास व्यक्त गरे । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले नेपाली वस्तु तथा सेवाको प्रवद्र्धन गर्नु एक्स्पोको मुख्य उद्धेश्य रहेको बताए । साथै साँझपख संगितमय कार्यक्रममा दर्शकलाई नचाइने उनले जानकारी दिए ।
आजदेखि सुरु भएको मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ । पाँच दिनसम्म चल्ने एक्स्पोमा दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपाली उत्पादनको प्रदर्शनी हुने छ । बेलुका ६ बजेदेखि राति ९ बजेसम्म फुड फेस्टिबलसँगै कन्सर्ट हुने छ । प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने कन्सर्ट हेर्नका लागि भने टिकटको व्यवस्था गरिएको छ ।
कन्सर्टका लागि खल्ती एपमार्फत प्रतिटिकट ३०० रूपैयाँ र काउण्टरबाटै टिकट लिँदा प्रतिटिकट ५०० रूपैयाँ लाग्ने आयोजकले बताएको छ । एक्स्पो एण्ड फुड फेस्टिबलमा १०० भन्दा बढी स्टल छन् ।
नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्वअध्यक्ष सूर्यभक्त अधिकारीले आजको कन्सर्टमा द एज ब्यान्डको प्रस्तुति रहने बताए । भोलि चैत ३० गते रकहेड, चैत ३१ गते पूर्ण राई र द परिवर्तन, वैशाख १ गते द स्वर र वैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुति रहने उनले बताए । फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।
एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी रहेको बताए ।

शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.