चितवन — २०८२ सालको सुझुकी जिम्नी र्याली उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। अफ-रोड साहसिक यात्रामा रुचि राख्ने व्यवसायीहरूको सहभागितामा सम्पन्न यस र्यालीमा कुल ६ जना सहभागी थिए — राजेन्द्र चापागाईं, रविन्द्र विष्ट, कृष्ण शर्मा, महेन्द्र पाण्डे लगायत अन्य जिम्नी उत्साहीहरू।
र्याली चितवनको भरतपुर–१० मा अवस्थित सुझुकीको एक मात्र आधिकारिक शोरूम — साध्भी इन्टरनेशनल द्वारा आयोजित गरिएको हो। कार्यक्रमको नेतृत्व साध्भी इन्टरनेशनलका जनरल म्यानेजर समुन्द्र पुडासैनी तथा सर्भिस म्यानेजर रोहन पौडेलले गर्नुभएको थियो।
रुट साध्भी इन्टरनेशनल शोरूमबाट सुरु भई बाइपास – आप्तारी – पुलचोक – गैंडाकोट – मौलाकालिका हुँदै सम्पन्न गरिएको थियो। यात्राका क्रममा ट्राफिक नियमको पूर्ण पालना गर्दै र प्राकृतिक स्रोत-साधनमा कुनै क्षति नपुर्याई यात्रालाई सुरक्षित, व्यवस्थित र रमाइलो बनाइएको थियो। सहभागीहरूले अफ-रोडिङ्गको रोमाञ्चकता, जिम्नीको क्षमता र आपसी सहकार्यको उत्कृष्ट अनुभव प्राप्त गरेका थिए।
र्यालीलाई सफल बनाउनमा CG Moto Corp (मुख्य कार्यालय) को साथ साथै साध्भी इन्टरनेशनलको सम्पूर्ण टिम र क्यामराम्यान तिर्थराजको विशेष योगदान रहेको थियो।
सुझुकी जिम्नी अब चितवनस्थित साध्भी इन्टरनेशनल मा सहज फाइनान्स योजनासहित उपलब्ध छ।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
साध्भी इन्टरनेशनल, भरतपुर–१०, चितवन
फोन: ९८०१३१४४९१

