मिसन रेडको आयोजनामा चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा भव्य सांगीतिक कन्सर्ट हुने भएको छ। नेपाली नयाँ वर्षको स्वागत गर्दै यस वर्षको अन्तिम दिनमा हुने सांगीतिक कन्सर्टले नारायणी किनार गुन्जीदैं छ।
सङ्गीतको मार्फतबाट देशभर देखिएको रगत अभाव हटाउन मिसन रेडले सांगीतिक कन्सर्ट गर्न लागेको अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिए । मिसन रेड अभियान संयोजक अधिकारीका अनुसार कन्सर्टमा युवाहरुमाझ लोकप्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ। साथै नेपालकै चर्चित ब्याण्डहरुले समेत विशेष प्रस्तुति दिने उनको भनाई छ। एस डी ईभेन्ट्स एण्ड म्यानेजमेन्टले आउने नेपाली नयाँ वर्षमा मिसन रेड न्यू ईएर इभ कन्सर्ट गर्न लागेको हो।
Advertisement
कन्सर्टमा हजारौं दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। कन्सर्टको तयारी तिब्र रुपमा भइरहेको समेत आयोजकले जनाएको छ।

