• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा, देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुँदै


चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

Advertisement

विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि चितवनको भरतपुरमा गर्न गइरहेको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

Advertisement

परिषद्ले बुधबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सुरक्षा स्ववलम्बन, सुशासन, शिक्षा समाज जीवन तथा राष्ट्रियस्तरका विषयमा देशभरका युवा वर्गको सकारात्मक दृष्टिकोणको विकासका साथै युवाको राष्ट्रप्रतिको दायित्वबोधका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशन यही २०८१ चैत्र २, ३ र ४ गते सुन्दर एवम् पर्यटकीय नगरी भरपुर चितवनमा सम्पन्न हुन गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिनु भएको हो ।

अधिवेशन देशमा बढिरहेको भ्रष्टाचा, दुव्र्यसनी, बेरोजगारी आर्थिक एवम् पर्यावरण संकट, बढेदो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा केन्द्रित रहने उहाँले बताउनु भयो । साथै अधिवेशन मार्फत देशको शिक्षा, आर्थिक , समसामयिक र संकल्प गरि चारवटा अलग अलग प्रस्तावहरू पारित हुने परिषद्ले जनाएको छ ।

त्यसैगरी परिषद्को संगठनात्मक गतिविधि, समाजमा यसको प्रभाव र आवश्यकता, अगामी दिशा आदि विषयमा पनि दशौँ राष्ट्रिय अधिवेशन केन्द्रीत रहने महासचिव विष्णुप्रसाद पंगेनीले बताउनु भयो ।
सम्मेलनमा राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेलले विद्यार्थी परिषद् दलगत राजनीति भन्दा माथी रहेर देशको समग्र शिक्षा क्षेत्रको सुधारका लागि अथक रूपमा निरन्त राष्ट्र प्रथम भावका साथ काम गरिरहेको विषय बताउनु भयो । साथै परिषद्को ध्येय असल व्यक्ति निर्माण गर्ने रहेकोले राष्ट्र राष्ट्रियताका लागि दलगत स्वार्थलाई त्याग गरि व्यक्ति निर्माणको केन्द्र क्याम्पस विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य, राजनीतिक हस्तक्षेपको अन्त्य गरी सुसंस्कृत व्यत्ति र नागरिक निर्माणका लागि काम गरिरहेकोले यस्तो कार्यमा संचार जगतले पनि साथ र सहयोग गर्नु पर्ने विषय बताउनु भएको थियो ।

त्यसैगरी देशभरबाट आउने १ हजार प्रतिनिधिहरूलाई सहजतापूर्ण रूपमा कार्यक्रममा सहभागी हुनका भरतपुर स्थित चितवन उद्योग संघमा सम्पूर्ण व्यवस्थापनहरू भइरहेको, अधिवेशन स्थलको रङरोगन, तोरण, झण्डा लगाउने देखिलिएर प्रचार प्रसार, मञ्च व्यवस्थापन लगायतका कार्यहरू दुर्तगतिमा भइरहेको, प्रतिनिधिहरूका लागि खान बस्न लगायतका सम्पूर्ण चिजहरूको पनि सम्पूर्ण बन्दोबस्त भइसकेको साथै उक्त व्यवस्थापनका लागि आर्थिक रूपमा स्थानीय सरकार, समाजसेवी, व्यावसायी शुभचिन्तक र भरतपुरका नागरिकले सहयोग गरिरहेको लगायतका विषयहरूको बारेमा अधिवेशन व्यवस्थापन प्रमुख राजु सापकोटाले जानकारी दिनु भयो ।

त्यसैगरी अधिवेशन चैत्र २ गते दिउँसो २ः०० बजे उद्योग संघको सभाहलमा सन्त समाजका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्ने कार्यक्रम रहेको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि प्रसाद लम्साल र भरतपुर महानगरका मेयर रेणु दाहालको पनि विशेष उपस्थिति रहने महासचिव पंगेनीले जनाउनु भयो ।

त्यसैगरी राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण हुमागाईंले विद्यार्थी परिषद्ले देशको शिक्षा क्षेत्रमा विपद्यार्थीहरूलाई रचनात्मक गतिविधि गर्दै आइरहेको र राष्ट्र व्यापीरूपमा परिषद्को प्रभाव पनि बढदै गएको सन्दर्भमा परिषद्ले यो अधिवशेन ऐतिहासिक रूपमा पर्यटकीय नगरी चितवनको भरतपुरमा गर्न गइरहेको विषय बताउनु भएको थियो ।

तीनदिन सम्म चल्ने अधिवेशनमा विभिन्न समयमा अलग अलग सत्रहरू सञ्चालन हुने जसमा समानान्तर सत्र चैत्र ३ गते विहान “वर्तमान शिक्षा प्रविधिको उपयोगिता एवं प्रभाव” भन्ने विषय रहने छ भने चैत्र ४ गते विहान “राष्ट्रिय सुरक्षा र सुशासन”को विषयमा रहने महासचिव पंगेनीले बताउनु भयो । त्यसैगरी क्रमश चैत्र ३ गते दिउँसो शोभा यात्रा रहने छ जसमा विद्यार्थीहरूले अधिवेशन स्थलदेखि पुल्चोक हुँदै भरतपुरको विभिन्न ठाउँको परिक्रमा गर्दै खुल्ला अधिवेशन हुने र देशभरबाट सहभागि युवा विद्यार्थीहरूले अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रस्ताव पारित सत्र ः अधिवेशनमार्फत् देशको शिक्षा, आर्थिक र समसामयिक विषयमा महत्वपूर्ण प्रस्तावहरू पारित हुने, स्वास्थ्य सेवी दिनेश तामाङलाई विद्यार्थी परिषद्ले वितरण गर्ने राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण गर्ने कार्यक्रम रहने छ ।
त्यसैगरी, चैत्र ४ गते दिउँसो नयाँ केन्द्रीय कार्यकारिणी समिति घोषणा गर्ने र सोही दिन दिउँसो । विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिवको समापन भाषण रहने छ र तत् पश्चात् उक्त अधिवेशन समापन हुने परिषद्का महासचिव विषणु प्रसाद पंगेनीले उक्त पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।

बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.