सिन्धुपाल्चोक , फागुन ६ ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्षमा ध्रुव अधिकारी चयन भएका छन् । सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोसी बीच रिसोर्टमा सम्पन्न प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौँ अधिवेशनबाट अध्यक्षमा मकवानपुरका अधिकारी चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा धादिङका राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अञ्जलि तामाङ, महासचिवमा नवीन श्रेष्ठ, खुला सहसचिवमा सुमन गैरे, खुला सचिवमा मणिसुन्दर कोइराला, जनजाति सचिव रोजन तामाङ, महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भीर विक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् । बाल गाेविन्द न्याैपानेलाई लेखा संयाेजक र मिना श्रेष्ठ अनुशासन संयाेजकमा चयन भएका छन् ।
प्रेस सेन्टरको बागमती प्रदेश अध्यक्षमा ध्रुव अधिकारी चयन
प्रेस सेन्टरको बागमती प्रदेश अध्यक्षमा ध्रुव अधिकारी चयन
तपाईको प्रतिक्रिया

