चितवन – प्रेस सेन्टर भरतपुर महानगर कमिटीको अध्यक्षमा किशोर चन्द्र सापकोटा निर्वाचित भएका छन् । आज (आईतबार) सम्पन्न प्रेस सेन्टर भरतपुर महानगर कमिटीको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले अध्यक्ष सापकोटाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा रबि चन्द्र अधिकारी, सचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुमन सुवेदी चयन भएका छन्।
यस्तै सदस्यहरूमा सुरज परियार, अशोक परियार, सूचना गुरुङ, विवेक पोख्रेल, दीपक पोख्रेल, मनिष पौडेलसहित एकजना थप गरी ११ सदस्य निर्वाचित भएका छन्।
त्यस्तै प्रेस सेन्टर चितवनको जिल्ला अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् ।
समिती उपाध्यक्षमा नवीन बाबु मरहट्टा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा, सचिवमा सुरेन कुँवर, सहसचिवमा हिरालाल गुरुङ र खुल्लातर्फ सहसचिव अनिल भट्टराई, कोषाध्यक्षमा सुनिल पराजुली चयन भएका छन्।
सदस्यहरूमा प्रमिता भण्डारी, सन्तोष विश्वकर्मा, राजकुमार देउजा, कमलराज ढकाल, सुजन खनाल, विशाल अमगाईसहित दुईजना थप गरी कुल १५ सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

