साउन १५ बिरगंज – सदरमुकाम भेगमा धर्म जङ्ग थिङ्ग करीव ११ महिनाको सेवामा अपराध अनुसंधान, चोरी पैठारी, तस्करी जस्ता गैरकानुनी करोवार नियन्त्रण गरेर शान्ति सुरक्षा कायम राख्न अहम भुमिका खेलेका छन ।
वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी प्रमुखको रुपमा प्रहरी निरीक्षक धर्म जङ्ग थिङ्ग आएदेखी वडा प्रहरी कार्यालय श्रीपुर अन्तरगतका आम जनमानसले प्रहरीबाट अपेक्क्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभुती गर्न सकेका थिए श्रीपुर बासी । खुला सिमाका कारण हुने अन्तर देशीय अपराधिक गतिविधीका घटना हुन नदिन सिमामा कडाई गर्नुको साथै आफना प्रहरी विंगहरुलाई चनाखो भएर अवैध गतिविधी नियन्त्रण गर्न खटाईनुले क्षेत्रबासी अमन चयनका साथ सांस लिन पाएका छन । केही व्यक्तिगत रिश्वीका घटना बाहेक छिटफुट घटनाहरु भएपनि त्यसलाई कडाईका साथ लागेर निचोड सम्म पुरयाउने अठोटले प्रहरी प्रति जनविश्वास बढदै गएको स्थानीयले अनुभव थिए । वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुखको रुपमा आएको ११ महिनामा प्रहरी निरीक्षक थिङ्ग को कमाण्डमा लाखौं लाख बराबरको राजश्व भन्सार दाखीला गरिएको छ। वडा प्रहरी कार्यालय श्रीपुर देखिन्छ। ग्रामिण भेगमा खुला सिमाना भएकोले सेवा निर्वाह गर्न चुनौती पुर्ण हुनेगर्छ, तैपनि अपराध अनुसंधान तथा शान्ति सुरक्षामा स्थानिय जनमानसलाई छुट्टै अनुभुति दिएका छन्।
बरामद समानहरुमा राँगा , लत्ता, सखर , गेहु , धान , कपडा, हार्डवेयर, किराना सामान, शर्टिंग शुटिंग, मालबाहक गाडीहरु लगाएत रहेका छन । लाखौं लाख रुपैयाको बराबरको अवैध माल सामानहरू बरामद नियन्त्रणमा राजस्व सरकारी कोषमा दाखिला गराउन प्रहरी निरीक्षक थिङ्ग सफल भएका छन् ।
भर्खरै सम्पन्न भएको थुप्रै धार्मिक र्याली एकदम भयरहित र शान्तिपूर्ण गराउन सफल भएका प्रहरी निरीक्षक थिङ्गलाई स्थानिय बासीहरुले पनि प्रशंसा गरेका थिए ।
उनले ग्रामीण भेगमा देखाएको आफ्नो कर्त्तव्य निष्ठाका कारणले गर्दा स्थानिय जनमानसमा प्रहरी प्रति माया र स्नेह बढेको छ।
सो अवधिमा थिङ्गले खुला सिमानाकामा अपराधी गतिविधि र चोरी तस्करी नियन्त्रणमा स्थानीयहरुको सहयोग र समन्वयको कारण आफु सफल भएको बताउनुभयो । उनले प्रहरी संगठनमा सरुवा हुनु र आउने जाने काम भईरहन्छ यो एउटा प्रक्रिया रहेको बताए । उनले भने यो अवधीमा स्थानीयहरुकै साथ, सहयोग तथा समन्वयका कारणले गर्दा यो ठाउँको शान्ति सुरक्षामा आफु खरो उत्रीन सकेको बताए ।


