चितवन- गुणस्तरीय प्लस टु शिक्षा दिने उद्धेश्यले वि.सं. २०५३ सालमा चितवनको भरतपुरमा गुरुकुल कलेज स्थापना गरिएको हो । जिल्लाकै पहिलो प्लस टु साइन्स कलेज तत्कालिन समयमा चितवन साइन्स कलेजको नामले स्थापित अहिले गुरुकुल कलेजको नाममा संचालित छ । स्थापना देखिनै उत्कृष्ट नतिजा दिँदै आएको यस कलेजले उत्कृष्ट प्लेसमेन्टलाई अबिराम निरन्तरता दिइरहेको छ ।
यस बीचमा सयौँको संख्यामा डाक्टर, Charter Accountant, Bankers, हजारौँको संख्यामा इन्जिनियर, कृषि वैज्ञानिक तथा आइटी विशेषज्ञहरु कलेजले उत्पादन गरिसकेको छ । फरक आयामका साथ प्रविधिमैत्री कक्षाहरुमा दक्ष तथा अनुभवी शिक्षकहरुबाट फ्रेण्ड्ली इन्भायरोमेन्टमा पढाई हुने गुरुकुलमा जो कोही विद्यार्थीहरु यहाँको सिकाई प्रक्रिया सहज भएको बताउँछन् । ११ र १२ को नियमित कक्षामा नै साइन्सतर्फका विद्यार्थीलाई एम सी क्यु कक्षाहरु साथै हरेक शनिवार र बिदाका दिनहरुमा आफ्नै छुट्टै प्रि मेडिकल र प्रि इन्जिनियरिङ कक्षाहरु सञ्चालन हुँदै आएका छन् ।
२०८० मा NEB कक्षा १२ को वार्षिक परीक्षामा ३.९ जीपीएका साथ समिर शर्मा पौडेल जिल्ला प्रथम भएका छन् । रशिम सुनार जिल्ला तृतीय, एलिन तिमिल्सिना जिल्ला चौँथो हुनुले पनि गुरुकुलले उत्कृष्ट नतिजा प्राप्त गरेको कुरा सजिलै थाहा पाउन सकिन्छ । एमबीबीएस जस्तो कठिन प्रवेश परीक्षामा गुरुकुलकै सुबिन अधिकारी नेपाल द्धितिय हुँदै गर्दा यसले राष्ट्रीयस्तरमै चितवनको शान बढाउन सफल भएको कलेजका प्रि मेडिकल- प्रि इन्जिनियरिङ coordinator हरिहर भुसालले बताउँछन् ।
यसका साथै विभिन्न समयमा विभिन्न प्रवेश परीक्षाहरुमा गुरुकुलका विद्यार्थीले नेपाल टप गर्न सफल भएका छन् । साथै विभिन्न युनिभरसिटीमा यहाँका विद्यार्थीले टप गरेका छन् । कलेजमा शिक्षक–विद्यार्थीहरुको सम्बन्ध निकै सुमधुर र पारिवारीक रहेको छ । कुनै पनि समस्या शिक्षकहरुसँग सजिलै राख्न सकिने विद्यार्थीहरु बताउँछन् । कलेजको यस्तै उत्कृष्ट वातावरण भएकाले नै आफुले गुरुकुल कलेजलाई रोजेको बताउँछन् २०७९ सालमा ४ जीपीए ल्याएका विद्यार्थी प्रशान्त लौडारी…voice of student!
गुरुकुल कलेज कम्प्युटर साइन्सतर्फ पनि निकै अब्बल रहेको कुरा कलेजका पूर्वविद्यार्थी समिप अर्याल फेसबुकको मेटा हल अफ फेमको ओर्ल्ड ऱ्याङकिङ्गमा नम्बर वानमा पर्न सफल भएको कुराले पनि स्पष्ट हुन सकिन्छ । उनी हालसालै मात्र मेटाले साउथ अफ्रिकामा आयोजना गरेको कार्यक्रममा गई उत्कृष्टमध्ये एक हुन सफल भई उनको टिमले ३९ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
त्यसैगरी कलेजको व्यवस्थापन संकायतर्फ विद्यार्थीबीच हरेक हप्ता विभिन्न किसिमका तालिम, गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रम गर्ने गरिएको छ । जसले गर्दा विद्यार्थीको अन्तरनिहित क्षमता प्रस्फुटन गर्न सघाउ पुऱ्याउने कुरा कलेजका एकेडेमिक डाइरेक्टर प्रतिक ढकाल बताउनुहुन्छ । यस वर्षको कक्षा ११ को भर्नाको लागि तयारी हुँदै गर्दा आफ्नो उत्कृष्ट नतिजा र बेस्ट प्लेसमेन्टको कारणले गर्दा गुरुकुल कलेज विद्यार्थीको पहिलो आकर्षणमा पर्न सफल भएको छ ।
भर्नाको समयमा यस कलेजमा विद्यार्थीको उच्च चाप देखिन्छ । कलेजले परिमाण भन्दा पनि गुणस्तरमा जोड दिने भएकाले यसपाली पनि गतवर्ष जस्तै सिमित सिटका लागि मात्रै भर्ना खुलेको कलेज प्रशासनले जानकारी दिएको छ । यहाँ गत वर्षपनि विद्यार्थीको उच्च चाप र कडा प्रतिस्पर्धाका कारण विद्यार्थीलाई आफ्नो सिट सुरक्षित गर्न मुश्किल परेको थियो ।

