• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुर महानगर का रचैता नै हुन मेयर रेणु दाहाल

चितवन- भौगोलिक रुपमा नेपाल ७५ जिल्लामा (हाल ७७ जिल्ला) वर्गीकृत हुँदा नै चितवनको भरतपुरलाई ७६ औं जिल्लाको नामले मान्छेहरु अर्थ्याउँथे । गोरखा, लमजुड, बागलुङ, पर्वत लगायत विभिन्न जिल्लाबाट सुगम र सहजताको खोजी गर्दै भरतपुरमा मान्छेहरुको बसोबास बाक्लो हुन थालेपछि यसलाई ७६ औं जिल्लाको उपमा दिन थालिएको हो ।

Advertisement

जनघनत्व बढ्ने र नयाँ सहरमा परिणत हुँदासमेत बदलिँदो समयको गतिलाई भरतपुरले पक्डिन सकेको थिएन । ५ वर्ष अघिसम्मको भरतपुरको दृश्य हेर्ने हो भने विकासमा यो सहर सुस्ताएको थियो ।

Advertisement

नजिकका नयाँ शहरहरुले विकास र पूर्वाधारको क्षेत्रमा फड्को मारिरहँदा समेत भरतपुरसँग कुनै विकासको मोडेल थिएन । अव्यवस्थित शहर, नारायणी तटबन्धले वर्षेनी ब्यहोनुपर्ने हैरानीले भरतपुरवासीलाई सधैं बिझाइरहन्थ्यो ।

साविकका भरतपुर क्षेत्र, नारायणी नगरपालिका, चितवन नगरपालिका र कविलास गाउँ विकास समितिलाई गाभेर २०७३ फागुनमा राज्य पुनःर्संरचना आयोगले यस क्षेत्रलाई स्तरोन्नति गरेपछि यो भरतपुर महानगरपालिका बनेको हो ।

भरतपुर महानगरमा स्तरोन्नति त भयो तर महानगर हुनका लागि चाहिने पर्याप्त पूर्वाधारको विकास थिएन । त्यही बीच महानगरको नेतृत्व गर्ने गरी माओवादी केन्द्रकी नेतृ रेनु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित भएर आइन् ।

जब रेनु महानगरको मेयरमा निर्वाचित भइन्, भरतपुरवासीका लागि उनी विधाता बनेर आइन् । त्यसपछि हो भरतपुरले काँचुली फेर्न थालेको ।

अहिले यो शहर नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको अग्रणी सहरमा पर्छ । नारायणी नदीको तटमा अवस्थित यो सहर चितवन लगायत केन्द्रीय नेपालकै प्रमुख व्यापारिक केन्द्र बन्न पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार धेरै जनसंख्या हुने महानगरमध्ये भरतपुर तेस्रो नम्बरमा छ । हालै सार्वजनिक राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार भरतपुर महानगरपालिकाको जनसंख्या ३ लाख ६९ हजार ३७७ छ ।

उनले आफुले सकेजति काम गरिन् पनि । जनताले उनलाई जे अपेक्षा गरेर मत दिएका थिए, त्यो मतको उनले सक्दो सम्मान गरिन् भन्ने नै अहिले भरतपुरबासीको बुझाइ पनि देखिन्छ । उनी आफै पनि भन्छिन्, ‘मैले त आफ्नो ठाउँबाट सकेको कोसिस गरें। जनताले जे अपेक्षा गरेर भोट हालेर जिताउनु भयो, मैले आफ्नो कर्तव्य कति पालना गरेँ, पूरा गरेँ कि गरिनँ त्यसको समग्र मूल्यांकन जनताले गर्नुहुन्छ ।’

भरतपुरमा अझै रेनुले खोलेको विकास र समृद्धिको ट्रयाकलाई गति दिन धेरै बाँकी छ । त्यही अधुरो काम गर्न उनी फेरि एकपटक मेयरका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छिन् ।

‘जनस्तरबाट राजनीतिक दलभन्दा माथि उठेर समग्र विकासलाई ध्यानमा राखेर एकचोटि तपाईंलाई यहाँबाट जाने छुट छैन भन्ने मत छ। यहाँको वस्तुगत आवश्यकता पनि होला। अहिलेको स्थितिलाई थेग्ने खालको लिडरसीप अबको आवश्यकता हो। यसलाई निरन्तरता दिने खालको अहिलेको नेतृत्व अबको आवश्यकता र समयको माग हो। त्यही भएर पनि होला जनताले फेरि एकपटक मेरै नेतृत्व भरतपुरमा खोजिरहनुभएको छ । त्यही कारण फेरि म उम्मेदवार बनेर आएको छु’ रेनु भन्छिन्

झट्ट बुझ्दा रेनु दहाललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको छोरीका रुपमा चिनिन्छ । तर उनको पहिचानलाई नै मारेर प्रचण्डको छोरी भएकै कारण राजनीतिमा चार्मिक भएको भनेर परिचित गराइनुमा उनिप्रति अन्याय हुन्छ । किनभने रेणुले आफ्नो इमान र प्रतिष्ठाका लागि धेरै संघर्ष र योगदान गरेको उनको प्रोफाइल गहिरो गरी अध्ययन गर्दा देखिन्छ ।

उनको जम्म वि.सं. २०३३ असार २६ गते भएको थियो । उनी राजनीति बुझ्ने भएदेखि नै कम्युनिष्ट राजनीतिमा लागिन् । १० वर्षे माओवादी जनयुद्धका क्रममा उनी बाबु प्रचण्डजस्तै भूमिगत भएर काम गरिन् ।

जनयुद्धकालमा उनले प्रवास तथा देशको विकट ग्रामीण क्षेत्रमा संगठनात्मक रुपमा नेतृत्वदायी भूमिकामै रहिन् । उनी भरतपुरको मेयरमा टपक्कै टिपेर ल्याइएकी पात्र होइनन् । भरतपुरको मेयर हुनुपुर्व नै उनी संविधान सभा सदस्य भइसकेकी थिइन् ।

०६४ जेठ १३ गतेदेखि २०७९ जेठ १४ सम्म उनी संविधान सभा सदस्य थिइन् । उनी माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को महासचिवको जिम्मेवारी समेत सम्हालिसकेकी थिइन् ।

उनीसँग माओवादी केन्द्रको पोलिटब्युरो सदस्यको रुपमा पनि काम गरेको अनुभव छ । युद्धकालमा उनी माओवादी आधारइलाकाको रुपमा रहेको रोल्पाको जिल्ला सहइन्चार्जसम्मको जिम्मेवारीमा थिइन् । पछि उनी काठमाडौंमा माओवादी केन्द्रको जिल्ला सचिवको जिम्मेवारीमा पनि थिइन् । त्यति मात्रै नभई उनले अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रुपमा प्रवासमा रहेर संगठन निर्माणमा खटिएकी थिइन् ।

जब रेनु महानगरको मेयरमा निर्वाचित भइन्, भरतपुरवासीका लागि उनी विधाता बनेर आइन् । त्यसपछि हो भरतपुरले काँचुली फेर्न थालेको ।

अहिले यो शहर नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको अग्रणी सहरमा पर्छ । नारायणी नदीको तटमा अवस्थित यो सहर चितवन लगायत केन्द्रीय नेपालकै प्रमुख व्यापारिक केन्द्र बन्न पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार धेरै जनसंख्या हुने महानगरमध्ये भरतपुर तेस्रो नम्बरमा छ । हालै सार्वजनिक राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार भरतपुर महानगरपालिकाको जनसंख्या ३ लाख ६९ हजार ३७७ छ ।

शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.