वीरगञ्ज ।
वीरगञ्ज–काठमाडौं रुटमा आरामदायिक सुविधा सम्पन्न नयाँ रात्री बस सेवा सञ्चालनमा ल्याउने भएको छ ।
नारायणी बस सञ्चालक कम्पनीद्वारा सञ्चालित न्यु साजन ट्राभल्स एन्ड टुर्स द्वारा सञ्चालनमा ल्याउन लागेको आरामदायिक नयाँ बसको ४० वटा सिट क्षमता रहेको छ ।
बुधबार राति काठमाण्डौबाट छुट्ने नयाँ यात्रुबाहक बसको उद्घाटन हुने गाडी संचालक पुरुशाेत्त्म तिमिल्सिनाले बताए । आरामदायी एवं सुविधा सम्पन्न बस सेवा सञ्चालन गर्दा वीरगञ्जको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउछन । ‘विभिन्न समस्या र चुनौतिकाबीच सुविधा सम्पन्न सार्वजनिक बस वीरगञ्जमा आईरहेको छ,’ उनले भने, ‘सुविधा सम्पन्न बस सेवा सञ्चालनले वीरगञ्जको विकासमा अझ टेवा पुग्छ ।’
वीरगञ्जबाट अहिले सञ्चालमा आइरहेका डिलक्स बस भन्दा यो बस यात्रुहरुको लागि बढी आरामदायी हुने गाडी सन्चालक पुरुशाेत्त्म तिमिल्सिनाले गरे ।
बसमा सुत्न मिल्ने, एसी, टीभी, वाईफाई लगायतको सुविधा छ,’ तिमिल्सिना भने, ‘यात्रुलाई बिस्कुट,पानी दिन्छौं ।’
उनले वीरगञ्जबाट काठमाडौंसम्मको भाडा ११०० सय रुपैयाँ तोकिएको बताए ।


