पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ तीनडाेबियाबाट प्रहरीले ठूलाे परिमाणमा लागू ओैषध चरेससहित एक जना काराेबारीलाई पक्राउ गरेकोे छ।
ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक माेहन विक्रम केसीकाे नेतृत्वमा खटिएको टाेलीले तिनडाेबियाका बृजेश प्रसाद कुर्मीलाई १७ केजी चरेससहित पक्राउ गरेकोे हाे।
Advertisement
शनिबार बिहान प्रहरीले कुर्मीकाे घरमा छापा मारेर खानतलासी गर्दा घरको बरन्डामा सिमेन्टको बोरा भित्र लुकाएर राखिएको ३१ वटा पोकामा १७ केजी चरेस फेला परेपछि कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक केसीले बताए ।
चरेससहित नियन्त्रणमा लिइएका कुर्मीलाई ईलाका प्रहरी कार्यालय पोखरियाकाे हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

