जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी रकमसहित पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ । वीरगञ्ज महानगरापलिका वडा नम्बर ६ रुंगटा कम्पलेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट २ जना पक्राउ परेका हुन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मीले पिठ्युमा भिरेको कालो झोला शंकास्पद देखिएपछि चेकजाँच गर्दा स्रोन नखुलेको रकम फेला परेको प्रबक्ता थापाले बताए ।
Advertisement
अर्जुन राउत कुर्मीसहित माँ जगदम्बा मनि ट्रान्सफरका सञ्चालक पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ बस्ने ४३ वर्षीय अजय कुमार साह समेतलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

