!!! गजल !!!
शरीर खाडीमा मन भत्केको घरमा डुल्दैछ
गन्तव्य भेट्छु भनेर गोडा सफरमा डुल्दैछ
Advertisement
मेरो सिउँदो खाली छैन भनेकै हुँ तिमीलाई
जिस्किदैछ तिम्रो तस्बिर नजरमा डुल्दैछ
आमा जल्दा घाटमा नपुग्नु मेरो दुर्भाग्य हो
एउटा सुन्दर फूल पुगेर पत्थरमा डुल्दैछ
दु:खले बिर्सनै सकेन सम्झेर आउँछ घरिघरि
खुशीले बिर्सेर गयो खुशीकै शहरमा डुल्दैछ
रहर हरुलाई बाध्यताले बन्धी बनाइदियो
बदमास आँखा बजार पुग्ने चक्करमा डुल्दैछ

