पर्सा प्रहरी प्रमुख ढुङ्गेल आम जन्ता को सेवक बनेर काम गर्नु हुनेछ भन्ने कुरामा बिरगंज बासी पर्सा बासी निकै बिश्वास राखेकै छन। बिगत का प्रहरी प्रमुख भन्दा निकै फरक अनि बिचारधार का साथ अघि बड्नु हुनेछ । प्रहरी प्रमुख भन्छन ” सस्तो लोकप्रियता कमाउनु छदै छैन, “जन्ता को सेवक हु” “पर्सा बासीको सुरक्षा मा कुनै कमि हुने छैन बताउछन “
एसै आदारित बिरगंज बासीहरु बाट सन्कल गरिएको जनधारणा
प्रिया मिश्रा
युवा नेत्री
“पर्सा मा थुप्रै प्रहरी प्रमुख हरु आउनु भयो। सबैले आ-आफ्नो तरिकाले राम्रो काम गर्न खोज्नु भयो र गर्नु पनि भयो। तर मेरो मन सन्तुष्टि चाहिँ भएन। एउटी स्त्री भएको नाता ले सम्पुर्ण स्त्री को मनोदशा,स्थीती को कुरा गर्ने मेरो अधिकार र कर्तव्य दुवै हो। हरेक कुरा को उजुरी दिन हामीलाई प्रहरी चौकी नै पुग्न गाह्रो हुन्छ। हाम्रो समाज का व्यक्ति जति पनि शिक्षित भए परिवेश उहीँ पुरानै छ। कसै को छोरी,बेटी अथवा बुहारी आफू माथि भएको अन्याय को उजुरी दिन प्रहरी चौकी पुग्दा धेरै नै नराम्रो नजर ले हेरिन्छ। कुरा पनि साह्रै काटिन्छ। यस कारण ले पनि महिला हरु आफ्नो पीडा आफै भित्र लुकाई समाज को डर ले अन्याय सही रहन्छन।
एक जना मेरै साथी लाई समाजिक संजाल मा दुई-चार जना ले नराम्रा पोस्ट हरु गरेर प्रताडित गर्दै थिए तर उजुरी को लागि साईबर सेल मा फोन गर्दा जवाफ आयो की अनलाईन व्यवस्था काठमाडौं तिर छ तर यहाँ को लागि प्रहरी चौकी नै पुग्नु पर्छ। यो कुरा ले मलाई साह्रै पोल्यो। जुन कुरा को समाधान छिट्टै हुनु पर्यो त्यसमा पनि यति प्रक्रिया हरु पूरा गर्नु पर्छ र? यहाँ पनि अनलाईन व्यवस्था हुन एकदमै जरुरी छ। जसमा हामी घर बसी आफ्नो उजुरी दर्ता गर्न सकुं र त्यस वेबसाईट लाई हेर्न,चेक गर्न कर्मचारी हरु पालै-पालो बसेर त्यस माथी छीटो र छरितो अनुसंधान गर्न आवश्यक देख्छु म।
जब सम्म प्रहरी हरुले आफ्नो कर्तव्य लाई लिएर साचिकै सिरियस हुनु हुंदैन तब सम्म हामी संग अन्याय हुन्छ र हामी आफ्नो समस्या राख्न डराउंछौं। हामीलाई घर वसी आफ्नो उजुरी दर्ता गराउन पाउने सुविधा मिलोस। हामी ले दिइएको उजुरी माथी छिटो र छरितो प्रतिक्रिया आवोश भन्ने मेरो चाहना रहेको छ”
राजन श्रीवास्तव
स्वयंसेवक
६४ औ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षकको हाथ बाटै साथै नेपाल सरकार, राष्ट्रिय अन्तर्राष्ट्रिय सघ संस्था एवं विभिन्न निकायहरुबाट सम्मानित भइ सक्नु भएका । लामो समय देखि समाज संघ जुध्दै विभिन्न समाजबाट तथा प्रहरी दिवस मा सम्मानित भैसकेको ब्यक्ति जो हरेक समस्या सङै जुधेर अघि बडेको त्यो पर्सा बासी मा जिबितै छ।
वहाँ राजन श्रीवास्तब पर्सा प्रमुख बारे एसो बताउँछन
“अहिलेको अवस्था हेर्दा पर्सा जिल्ला वासीलाई आर्थिक मन्दीले धेरै सताएको देखिन्छ, केही समय अगाडि महानगरबाट रात्री बजारको आयोजना भएको थियो जसमा छिमेकी मुलुकबाट धेरै मानिसहरु बजारमा रमाइलो गर्न आएका थिए जसले गर्दा ब्यापारीहरुलाइ केही राहत पाएको थियो किन भने रात्री बजार राती १२ बजे सम्म चलेको थियो र पसलवाला लगायत ब्यापारीहरुले पनि केही हद सम्म त्यसको आनन्द उठाएका थिए।
अहिले पर्सा जिल्लाको कमाण्ड सम्माली रहनु भएको कुमोद ढुङेलले बिगतका दिनहरुमा निकै चर्चा कमाएका एक इमानदार र प्रहरी संगठन र निर्देशनको पालना गर्दै आएका प्रहरी अधिकृतको रुपमा चिनिने गर्दछन, अहिलेको अवस्थामा आर्थिक मन्दीको चलिरहेको समयमा यदि बिरगंजको बजारको समयलाइ अलि अगाडि बढाएर सुरक्षाको कडाइमा ध्यानाकर्षण गरियो भने पकैपनी पर्सा जिल्ला वासिको लागि एउटा चमत्कार र सुनौलो उपहार नै हुने होला जस्तो मलाइ लाग्दछ ।
अहिलेको अवस्था हेर्दा बिरगंजको बजार राति ९-१० बजे सम्म पुरै बन्द हुने गर्दछ यदि बजारलाइ डेमोको रुपमा सप्ताहको २/३ दिन राती ११ बजे सम्म समय कायम गरेर हर्ने र त्यही अनुसार लागू गर्दै समय अवधि बढाएर अगाडि बढाउदै लगियो भने एउटा नया एक्सपेरिमेन्ट हुने होला जस्तो लाग्दछ ” ।
शनी पाख्रिन
शिक्षक
शिक्षा सेवामा निकै लामो अनुभव राख्नु भएको “शनि पाख्रिन” ले गाउँ तिर शिक्षा को कमि निकै भएको महशुस गर्दै बिदिभत कुरा बताउँछन्
“पर्सालाई आर्थिक राजधानीको रुपमा प्रचलित सहर भनिन्छ। आर्थिक नगरी भए लगतै यस सहर मा निक्कै व्यपारिक, उचित र अनुचित गतिविधीहरु पनि हुने गरेको छ | पक्कै पनि यहाँले यो पद सम्हाली राख्दा अनुशासन, नियम, र कानुन को परिधिभित्र रहेर पक्कै पनि राम्रो काम हुने छ भन्ने आश राखेका छौ ।
म एउटा शिक्षा को पेशामा रहेको हुँदा पर्सामा बिद्यार्थीहरुमा सामाजिक सन्जाल सम्बन्धमा नियम कानुन र कार्यवाही, ट्राफिक नियम र पालना, लागुऔषध संग जोडिएको कुरा र परिणाम लागू गरियो भने राम्रै हुनेथियो बताउछन् । महिला को हक्मा कानुन कति को कडा छ र यद्यपि आरोपी ठहरिन गएमा परिणाम र दण्ड, आफुले प्रयोग गर्ने सन्चार माध्यम को दुरुपयोग बाट बाच्नु पर्ने लगायत को कुरा हरु को एउटा handbook नै बनाएर त्रैमशिक रुपमा तालिम गराएर राख्नु पर्ने कुरामा ध्यान दिनु पर्ने जस्तो लाग्छ ”
प्रकाश थारू
सामाजिक अभियान्ता
प्रकाश थारु समाज को दुख सङ भिजेको दसकौ भैसक्दा पनि प्रहरी प्रमुख ढुङ्गेल सङ निकै बिस्वास राख्दै केही आशा राखेका छन उनी बताउछन एसरी…..
१. लागुऔषध दुर्बेशनी तथा लागु औषध कारोबारीलाई नियन्त्रण गरिदिनु पर्यो !
२. युवा हरुमा फैलिएको बिकृती जस्तै :-बाईक मोडलिंग रफ कपाल पाल्नु, रफ ड्रेस लगाउनु
३. बाल बिबाह ,दाइजो प्रथा तथा लागू पदार्थ लाई निरुत्साहित गर्नु
४. पसल हरुमा माल समानको मुल्य तथा गुण स्तर कन्ट्रोल गर्नु
५. रातीको बखतमा तेस्रो लिङ्गी हरु द्वारा फौलाईएको आतं
६. ई रिक्सा हरुलाई सन्चालनमा व्यवस्थित गर्नु
सज्जन अग्रवाल
व्यापारी
म २ वटा कार्यक्रम मा उहाँलाई भेट्न र सुन्न पाए र उनको स्पष्ट भनाई तथा अनावश्यक दबावमा काम न गरी कानुन बमोजिम काम गर्ने वचनबद्धता गरेर र कसैको प्रभावित मा नपरिकन काम गर्छु। र तेही अनुरुप उहाँ काम गरनु हुन्छ मलाई विश्वास छ
युबराज यादव
विद्यार्थी
एक गाउँमा हुर्केका एक युवा विद्यार्थी जो हरेक समस्या संघ झुध्न परेको छ। प्रहरी प्रमुख ढुङ्गेल आए देखि पर्सा प्रहरी मा देखिएको अमनचयन देखि शान्ति सुरक्षा मा निकै ठुलो परिवर्तन भएको बताउँछन । जे आशा बोकेका छन पर्सा बासीले त्यो कुरा मा सधैं सार्थक्ता प्राप्ति गर्नु उन्को भनाई । जसरी प्रहरी सङ को त्रास छ त्यस्लाई निर्याकरण गर्न सक्नु पनि पर्सा प्रहरी सफल हुनु हो बताउछन् । एसरी बुदा गत रुपमा भन्नै पर्दा यसरी राखिएको छ……..
१. सबै प्रहरीलाई नीति निर्देशन दिनु पर्यो कसैको दबाब मा काम गर्नु भएन ।
२. मुसहर बस्ती मा गएर प्रहरी प्रती को लगाभलाई ख्याल गरेर काम गरेर देखाउन सक्नु भए हुन्थियो।
३. जनता को सेवा मा निर्धक्क भएर काम गर्नु मुस्कान सहित को प्रहरी को नारा लिएर ।
४. बिरगंज मा देखिएको दङ्गालाई मध्य नजर गर्दै समाज मा जनचेतना मुलुक कार्यक्रम ल्याउनु ।
५. बिरगंज का युवाहरु लागु औसध मा लिप्त भएको हुँदा यस्लाई निराकरण गर्नु सङ सङै बेच बिखन गर्नेलाई हदै सम्म कार्बाही गर्नु पर्ने… ।
६. बिध्यालय, अस्पताल छेउ छाउमा होटेल तथा भट्टी निर्बिक रुपमा ध्यान दिनु पर्ने ।
७. “प्रहरी मेरो साथी” लाई पेपर र भित्तामा मात्र नराखी व्यवहार मा समेत ल्याई प्रहरी मा जनचेतना फैलाउनु पर्यो।
८. पर्सा जिल्ला को सदरमुकाम मा मात्र न भइ गाउँ गाउँ बस्ती बस्तीमा पुगेर प्रहरी को आभास दिलाउन सक्नु
९. अरु जिल्लामा जस्तै अमन चयन र काम कार्बाही मा लागी जन्ता को सेवक बन्नु “सफल कार्यकाल को सुभकामना”

