वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले होली पर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले सभ्य र मर्यादित ढङ्गले होली मनाउन पनि आग्रह गरेका छन् ।
होलीमा अवाञ्छीत गतिविधि नहोस् भन्ने हेतुले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।
प्रहरी उपरीक्षक (एसपी) ढुङ्गेल आफै पनि गस्तिमा घुमीरहेका छन् । उनले सडकमा चेकजाँच गर्नुका साथै पर्साका जनता समक्ष भलाकुसारी गरिरहेका छन। ढुङ्गेल भन्छन ” जनताले दुख पाउनु भएन, जनता कै सुरक्षा का लागि हामी दिन रात खटिएका छौ
त्यस्तो केही परे सिधै मलाई सम्पर्क गर्नुस भनेर सुझाव पनि दिरहेका छन “
जिल्ला प्रहरी कार्यालय पर्साले चेकिङसहित गस्तीलाई पनि जोड दिएको हुँदा अवाञ्छनीय गतिविधि नहुनेमा उनी विश्वस्त छन् ।
प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले सभ्य र मर्यादित ढङ्गले होली मनाउन पनि आग्रह गरेका छन् ।


