चितवन – गल्फ लुब्रीकेन्टले चितवनमा रिटेलर एण्ड पिजिएम मिट गरेको छ । कम्पनिले चितवनमा गल्फ लुब्रीकेन्ट बिक्रीवितरण गर्ने रिटेलर र मेकानिकहरुलाइ आफ्नो उत्पादनको क्वालिटी र प्रकारको बिषयमा जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल आयल निगमको स्वामित्वमा सन् १९८३ बाट आफ्नो बिक्री शुरु गरेको गल्फ लुब्रीकेन्ट निजीकरणमा गए लगत्तै सन् १९९५ देखि चल्दै आइरहेको कम्पनिका गल्फ लुब्रीकेन्ट च्यानल सेल्सका एसिष्टेन्ट म्यानेजर राजन रावलले जानकारी दिए, उनले भने गल्फ लुब्रीकेन्ट आइ एस ओ 9000 प्राप्त गर्ने नेपालको पहिलो ४ कम्पनी मध्यको एक हो ।
चितवनको भरतपुर स्थित रोज गार्डेन पार्टी प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रममा धेरै लुब्रीकेन्ट बिक्री गर्ने उत्कृष्ट रिटेलर एवं मेकानिकहरुलाइ हौसला स्वरुप सम्मान समेत गरिएको थियो ।
गल्फ लुब्रीकेन्ट चितवनका आधिकारिक बिक्रेता आशीर्वाद अटो ट्रेडिङ्गका प्रवन्धक सुवास कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेपाल अटो मोबाईल्स डिलर एसोसिएसन (नाडा)का बाग्मती प्रदेश प्रमुख एवं चितवन अटो मोबाईल एसोसिएसनका अध्यक्ष कुल बहादुर क्षेत्री रहेका थिए ।
कार्यक्रममा नेपाल ल्युभ आयलका डिजिएम दिवाकर मिश्र, चितवन अटो मोबाईल एसोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण काफ्ले,चितवन अटो मोबाईल एसोसिएसनका पुर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारी एवं चितवन अटो मेकानिकल ब्यवसायी संघका अध्यक्ष राम बहादुर तिमिल्सिना लगायतका बक्ताहरुले बोलेका थिए भने गल्फ लुब्रीकेन्ट च्यानल सेल्सका एसिष्टेन्ट म्यानेजर राजन रावलले कार्यक्रम संचालन गरेका थिए ।


