सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
माघ ८ सोमबार
मेष :- अरुका विषयमा अनावश्यक चासो राख्दा आफू नै समस्यामा फसिने साथै आर्थिक संकटको सामाना गर्नुपर्ने ।
वृष :- लामो समयदेखि टाढिएका आफन्तजनसँग पुनर्मिलनको योग साथै कुनै रचनात्मक कार्यको प्रारम्भ हुने ।
मिथुन :- व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउने साथै आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने ।
कर्कट :- आय आर्जनका नयाँ बाटाहरु खुल्ने साथै मनमा थप उत्साह जाग्ने ।
सिंह :- पहिलेका कार्यले हौसला थप्ने यद्यपि कार्य सम्पादनमा मिहिनेत बढाउनुपर्ने स्थिति बन्ने ।
कन्या :- आश्वासन बाँड्नेहरुले नै झुक्याउने साथै पूर्व सम्झौता तोडिने परिस्थिति बन्ने ।
तुला :- अपेक्षाभन्दा न्यून उपलब्धिमै पनि चित्त बुझाउनुपर्ने साथै पूरा हुनै लागेको कार्य पुनः दोहोर्याएर गर्नुपर्ने ।
वृश्चिक :- अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने साथै घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने ।
धनु :- कुनै दीर्घकालीन फाइदा दिने कार्यको प्रारम्भ हुने साथै परिश्रमले लक्षित फल दिने ।
मकर :- बौद्धिक क्षेत्र फराकिलो बन्दै जाने यद्यपि नयाँ कार्य प्रारम्भका लागि भने प्रतीक्षारत रहनु श्रेयस्कर हुने ।
कुम्भ :- अप्ठ्यारो परिस्थितिमा साथ दिने आफन्तको अभाव खड्किने साथै परिश्रमले उचित प्रतिफल दिन कठिनाइ ।
मीन :- उद्योग व्यापारबाट मनग्य फाइदा हुने साथै मनमा प्रसन्नताको बहार छाउने ।
शुभ दिन !
© ज्यो. सूर्य पौडेल
__________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !


