काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको नतिजा प्रमाणित गरी बोर्डले आज नतिजा प्रकाशन गरेको हो ।यसैगरी, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरिएको जनाएको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिनुभयो ।
Advertisement

