चितवन । ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका राजकुमार गुरुङ निर्विरोध हुनुभएको छ । यहाँ शनिबार राति अबेर भएको पाँचौं महाधिवेशनको निर्वाचन प्रकृयाबाट चितवनका गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । गुरुङ यसअघि तत्कालीन नारायणी ड्राइभिङ स्कुल व्यवसायी सङ्घको सल्लाहकार, ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय सदस्य एवं केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ ।
महाधिवेशनले गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद घिमिरे (कोशी), उपाध्यक्षहरुमा बाबुराम प्रधान (कोशी), महेश पौडेल (बागमती), महासचिवमा गोविन्दप्रसाद ढकाल (लुम्बिनी), सचिवहरु धनबहादुर अधिकारी (लुम्बिनी), विष्णुप्रसाद पोखरेल (गण्डकी) एवं कोषाध्यक्षमा विश्वकुमार माकाजु (गण्डकी) निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक अनिल गजुरेलले जानकारी दिनुभयो ।
त्यस्तै सदस्यहरुमा चेतभक्त पौडेल, खुमराज खड्का, हरि ढकाल, दीपनारायण साह, वीरेन्द्रराज भुर्तेल, साधुराम थापा, नैनबहादुर विष्ट, गीता अर्याल पन्त, सुरज सिवाकोटी, अनन्त घिमिरे, भूपेन्द्रबहादुर थापा र अर्जुन केसी नर्वाचित हुनुभएको गजुरेलको भनाइ छ । ड्राइभिङ स्कुल सङ्घ नेपालको ३० सदस्यीय कार्यसमिति रहने विधानअनुसार बाँकी सदस्य पछि थप्ने नवनिर्वाचित अध्यक्ष गुरुङले बताउनुभयो ।


