सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
पुस १७ मंगलबार
मेष :- बौद्धिक क्षेत्र फराकिलो बन्दै गएपनि नयाँ कार्यको प्रारम्भका लागि केही प्रतीक्षारत रहनु श्रेयस्कर ।
वृष :- अप्ठ्यारोमा साथ दिने आफन्तको कमी महसुस हुने साथै परिश्रम खेर जाने सम्भावना ।
मिथुन :- उद्योग व्यवसायमा अपेक्षित फाइदा भएसँगै मनमा प्रसन्नताको बहार छाउने ।
कर्कट :- बोलीवचनको प्रभाव बढे तापनि अरुका विषयमा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिने ।
सिंह :- कुनै रचनात्मक तथा सिर्जनात्मक कार्यको प्रारम्भ हुने साथै लामो समयदेखि विछोडिएका आफन्तजनसँग पुनर्मिलनको योग ।
कन्या :- आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने साथै व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति सिर्जना हुने ।
तुला :- शुभ समाचारको आगमन हुने साथै आम्दानी बढेसँगै मनमा उत्साह बढ्ने ।
वृश्चिक :- नयाँ कामका लागि प्रस्ताव आउने साथै पहिलेको सफलताले हौसला थपिने ।
धनु :- पूर्व सम्झौता तोडिने परिस्थिति बन्ने साथै आश्वासन दिनेहरुले नै झुक्याउने प्रबल सम्भावना ।
मकर :- एकपटक गरिसकेको कार्य पुनः दोहोर्याएर गर्नुपर्ने साथै न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने ।
कुम्भ :- घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने साथै अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने ।
मीन :- परिश्रम अनुसारको नतिजा प्राप्त हुने साथै दीर्घकालीन फाइदा हुने कार्यको प्रारम्भ हुने ।
शुभ दिन !
© ज्यो. सूर्य पौडेल
__________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !


