सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
मंसिर २४ आइतबार
मेष :- प्रारम्भ भएका कार्यले सफलताको मार्ग पक्रिएसँगै मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
वृष :- शत्रुपक्षको पराजयसँगै वस्त्र, अर्थ, उपहार वा पुरस्कार प्राप्तिको शुभ योग ।
मिथुन :- मनमा अशान्तिले डेरा जमाएसँगै यात्राको क्रममा अनेकानेक विध्नबाधाहरुको सामना गर्नुपर्ने ।
कर्कट :- स्वजनसँगै वैचारिक मतभेदको वातावरण सिर्जना हुनुका साथै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
सिंह :- आरोग्यतामा थप वृद्धि आउनुका साथै आर्थिक कारोबारमा फाइदा हुने ।
कन्या :- मन असन्तोषरुपि आगोमा जल्नुका साथै आर्थिक शंकटको सामना गर्नुपर्ने ।
तुला :- सामाजिक आदरसत्कार प्राप्ति हुनुका साथै महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने ।
वृश्चिक :- विश्वासपात्रबाटै घातप्रतिघात हुनुका साथै अनावश्यक ठाउँमा धननाश भएर जाने ।
धनु :- भ्रमण तथा आफन्तजनसँग भेटघाटको मौका मिल्नुका साथै मनमा हर्षोल्लास छाउने शुभ समाचार सुन्न पाइने ।
मकर :- स्वास्थ्यस्थितिले राम्रै साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।
कुम्भ :- आशा गरेको व्यक्ति वा स्थानबाटै असहयोगको परिस्थिति बनेसँगै व्यापार व्यवसायमा पनि असन्तुलनता देखापर्ने ।
मीन :- अनावश्यक व्यक्तिसँगको वादविवादमा अल्झिनुका कारण महत्त्वपूर्ण कार्य अन्तिममा गएर बिग्रिने उच्च सम्भावना ।
शुभ दिन
© ज्यो. सूर्य पौडेल
__________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

