सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
असोज २० शनिबार
मेष :- आरोग्यतामा थप वृद्धि आउने साथै मनमा प्रसन्नताको बहार छाउने ।
वृष :- आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने साथै मनमा असन्तोषको ज्वारभाटा उठ्ने ।
मिथुन :- सामाजिक इज्जत प्रतिष्ठामा वृद्धि आउने साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउने ।
कर्कट :- विश्वास पात्रबाटै घातप्रति हुने साथै नसोचेको ठाउँमा अनावश्यक खर्च बढ्ने उच्च सम्भावना ।
सिंह :- आफन्तनजसँग रमाइलो भेटघाटको अवसर जुट्ने साथै कुनै सुखद समाचार सुन्न पाइने ।
कन्या :- स्वास्थ्यले राम्रो साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।
तुला :- आशा गरेको व्यक्ति , स्थान वा राज्यपक्षबाट असहयोग साथै व्यापार व्यवसायमा असन्तुलनता ।
वृश्चिक :- अनायासै स्वास्थ्य स्थितिमा नकारात्मक परिवर्तन देखापर्न साथै वादविवाद जन्य विषयमा प्रवेश नगरेको नै उचित हुने ।
धनु :- थालेका कार्यले सफलताको मार्ग लिने साथै मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मकर :- प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने साथै यत्रतत्र यश कीर्ति फैलने ।
कुम्भ :- घरबाहिरको बसाइका क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने साथै मनमा अशान्तिले डेरा जमाउने ।
मीन :- मन प्राय: अस्थिर रहने साथै आफन्तजनसँगै वैचारिक मनमुटावको परिस्थिति निर्माण हुने ।
शुभ दिन !
© ज्यो. सूर्य पौडेल
__________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

