सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
असोज ११ बिहीबार
मेष :- उचित समयमा गरेको उचित निर्णय लिन सकिने साथै नाम र दाम आर्जन हुने शुभ फल ।
वृष :- गरिरहेको कामबाट भन्दा बाहिरी कार्यबाट बढीको फाइदा हुने साथै विपरीत लिङ्गी साथीबाट राम्रो साथ सहयोग प्राप्त हुने ।
मिथुन :- लामो समयदेखि रोकिएका कार्यले पुन: गति लिने तथा नयाँ कार्ययोजना तयार हुने ।
कर्कट :- शारीरिक तथा मानसिक आलस्यता बढ्ने साथै बन्नै लागेको काम अन्तिममा पुगेर बिग्रिने ।
सिंह :- कला साहित्य तथा सङ्गीतमा रुचि बढ्ने साथै राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त हुने ।
कन्या :- घरमा नवीन रौनकता छाउने साथै विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइने ।
तुला :- दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको लगानीले अपेक्षाकृत् मुनाफा दिन नसक्ने साथै कुनै अशुभ समाचार सुन्नुपर्ने ।
वृश्चिक :- अनावश्यक वादविवादको दलदलमा फसिने साथै आफ्नो अधिकार प्राप्तार्थ सङ्घर्ष गर्नुपर्ने ।
धनु :- धार्मिक स्थल, मठ, मन्दिरको भ्रमण हुने तथा सामाजिक कार्यमा जस वा सफलता प्राप्त हुने ।
मकर :- बोलीको सकारात्मक प्रभाव बढ्ने साथै शुभ कार्यको यत्रतत्र चर्चा चल्ने ।
कुम्भ :- सामाजिक मान सम्मानमा वृद्धि आउने तथा नयाँ ज्ञान आर्जन गर्ने सुअवसर प्राप्त हुने ।
मीन :- लगनशीलता तथा आत्मविश्वासमा कमी आउने साथै आफन्तबाटै घातप्रतिघातको उच्च सम्भावना
शुभ दिन !
© ज्यो. सूर्य पौडेल
__________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

