एनआरएनए चेकको लागि वर्तमान महासचिव समेत रहेका कंडेलले आगामी कार्यकालको लागि आफ्नो उम्मेदवारी वरिष्ठ उपाध्यक्षमा दर्ता गरेका हुन्। विगत ९ वर्ष देखि चेकमा बसोबास गर्दै आएका कंडेल मौसम परिवर्तन सम्बन्धी विषयका युवा वैज्ञानिक पनि हुन्। विभिन्न क्षेत्र मा जोडिएका कंडेल युवासमक्ष Sport Tournament गरेर जोडिरहेका छन भने नेपालि कला र सस्कृति जोगाउन बिभिन्न समयमा बिभिन्न नेपालि कार्यक्रमहरु गरेर सम्पुर्ण नेपालि एकत्रीत गर्ने प्रयास गरिरन्छन। ज्ञान बाढेर मात्र बढ्ने भन्दै भाषा परामर्श, पी आर का प्रोसेस अनि बिमाका फाइदा र सदुपयोग जस्ता कुराहरुलाई ध्यान दिएर बिभिन्न चरणमा विभिन्न शहरहरुमा जोडिइराखेको र यसको प्रभावकारिता अझै बढाउने वाचा पनि गरेका छन। उहाले आफ्नो क्षमता र अनुभवको आधारमा आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको बताए । कंडेल यो कार्यकालमा मा बिशेष त तलको हरफहरुलाई न्याय हुने गरि सामाजिक योगदान गर्ने अठोट पनि गरिरहेका छन।
“खँडियामडिया हैन, निष्कलङ्क बनाऊने ,
एकात्मकतामा हैन सामुहिकतामा रमाउने,
निर्मल, पारदर्शी अनि चम्किलो तारा ,
भनुन कस्तो गजब एन आर एन ए सारा
तपाईहरुको साथ अनि मेरो सानो प्रयासद्वारा…”
हाम्रो सधै शुभेच्छा छ उहालाई!

