काठमाडौँ, १९ साउन
नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घाेषणा गरेका छन् ।
सामाजिक संजालमा संदेश राख्दै उनले सन्न्यास घोषणा गरेका हुन् । उनी नेपाली क्रिकेटका सबैभन्दा सफल खेलाडी र कप्तान हुन् ।
सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी पनि सम्हालेका थिए । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि एकदिवसीय मान्यतासम्म प्राप्त गरेको थियो ।
नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे । एसोसिएट क्रिकेटकै स्टारका रुपमा रहेका पारसले पछिल्लो समय विदेशी फ्रेन्चाइज लिगमा पनि खेलेका थिए ।
सक्रिय खेलजीवनपछि क्रिकेट संघमार्फत अघि बढ्ने संकेत उनले यसअघि नै गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि देशभित्रका खेल भने जारी राख्ने संकेत उनले गरेका छन् ।

