चितवन ।
वैदेशिक रोजगार मुद्धाका फरार प्रतिबादीलाई चितवन प्रहरीले पक्राउ परेको छ । प्रहरीले भरतपुर महानगरपालिका २७ का ३७ वर्षीय भिमसेन कुमाललाई आज (सोमबार) पक्राउ गरेको हो । बैदेशिक रोजगार न्याधिकरण काठमाडौंबाट गत वर्षको असार १५ गते बैदेशिक रोजगार मुद्धामा १ बर्ष ९ महिना कैद र एक लाख सत्तरी हजार जरिवाना तोकिएका कुमाल एक वर्षदेखि फरार थिए ।
उनलाई भरतपुर २७ गोलाघाटमा लुकीछिपी बसेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दिब्यनगरबाट खटेको टोलीले पक्राउ गरेको हो । उनलाई आज बिहान ९ बजे उनको घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
Advertisement

