बैशाख २६, काठमाडौं । जिम्बावे ‘ए’ सँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले दुई सय १४ रनकाे लक्ष्य पाएकाे छ ।
त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे जिम्बावे ‘ए’ ३२ ओभर १ बलमा दुई सय १३ रनमा अलआउट भयाे । उसका लागि तालिवाेनाशे मरुमानीले ५०, कुदजाई माैनजीले ३९ र राेए कायाले ३६ रन बनाए । बलिङतर्फ नेपालका किशाेर महताेले पाँच विकेट लिए । त्यस्तै साेमपाल कामीले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
Advertisement
वर्षाका कारण मैदान चिसाे भएका कारण आजकाे खेल ३३ ओभरमा झारिएकाे हाे । तीन खेलकाे एकदिवसीय खेलमा दुवै टाेलीले एक–एककाे अग्रता लिएका छन् ।

