बैशाख २५, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले ब्राइटनसँग ४-० को लज्जास्पद हार बेहोरेको छ । हारसँगै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने टोलीको सम्भावना समाप्त भएको छ । ३७ खेलबाट युनाइटेड ५८ अंक बटुल्दै लिगको छैटौँ स्थानमा सीमित बनेको छ ।
मोइसेस काइसेडोले खेलको सुरुवातमा नै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । दोस्रो हाफमा मार्क कुकुरेलाले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि पास्कल ग्रोसले तेस्रो गोल थपे भने लियान्ड्रो टोसार्डले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
Advertisement

