• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

पण्डित दिनबन्धु पोख्रेल संयोजनमा हिन्दु धर्मगुरुहरुको बृहत भेला :दलित समुदायबाट विद्रोह हुन सक्छ


काठमाडौं–

Advertisement

जातीय भेदभावका कारण हिन्दुधर्म त्याग गर्नेहरुको संख्या वृद्धि हुन थालेपछि अभियान्ताहरुको चहलपहल बढेको छ ।

Advertisement

हिन्दु अभियान्ता पण्डित दिनबन्धु पोख्रेलले दलित समुदायका मानिसहरुले धमाधम धर्म परिवर्तन गर्न थाल्नुको मुख्य कारण जातीय भेदभाव भएको भन्दै त्यसलाई रोकथाम गर्न मन्दिरमा मुख्य पुजाहारी दलित समुदायबाट नियुक्त गर्न थालेका छन् ।

जातीय भेदभाव तथा छुवाछूत हिन्दु धर्मबाट शुरुवात भएको र हिन्दु धर्मबाट नै संरक्षण हुँदै आएको भन्दै दलितहरुले आफुहरु हिन्दु धर्म मान्ने भए पनि अमानवीय व्यवहार सहनु पर्ने बाध्यतामा धर्म त्याग गर्न थालेका हुन् ।

दलितहरुमा जागरण आएका कारण हिन्दु धर्मप्रति घृणाभाव फैलिएको हो । एउटै धर्म माने पनि दलितलाई शुद्र, अछुत, सानो जात जस्ता अपमानपूर्वक सम्बोधन र व्यवहार गरेपछि दलितहरु धार्मिक विद्रोहमा उत्रिएका हुन् । त्यसबाट अत्तालिएर हिन्दु धर्मको रक्षामा जुटेका पण्डित तथा पुरोहित ब्राह्मणहरु धर्मशास्त्रमा जातीय भेदभाव नभएको भन्दै व्यवहारबाटै विभेद उन्मुलन गर्न अभियानमा जुट्ने गर्छन् ।

ललितपुरको गोदावरी मन्दिरमा पण्डित दिनबन्धु पोख्रेलले लक्ष्मण रम्तेल (सार्की) लाई मुख्य पुजाहारी घोषणा गरेका छन् । त्यसैगरी हिन्दु धार्मिक अभियान्ता जो सामाजिक अभियान्ता र भ्रष्टचार बिरोधी अभियान्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीले समेत दलित पुरोहितहरुलाई मन्दिरको मुख्य पुजाहारी बनाउनु पर्ने र आफुले दलित समुदायका पुजाहारीको हातबाट टिका लगाएर खुट्टा ढोग्ने बताएका छन् ।

हिन्दु धार्मिक अभियान्ताहरुले साउन १३ गते कोटेश्वरमा शान्ती आश्राममा बृहत भेला गरी हिन्दु धर्मबाट दलित समुदाय विद्रोह गर्न सक्ने भन्दै हिन्दुवादीहरु रक्षाको लागि सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

दिनबन्धु पोख्रेलको संयोजनमा चिन्तामणी योगी, पुष्पराज पुरुष, श्रीनिवास आचार्य, राम कृष्ण उपाध्याय, दिपक राज, किशोर गौतम लगायत हिन्दुधर्मका प्रचारकहरुको उपस्थिति भोलामा थियो । उनीहरुले हिन्दु धर्मबाट दलित समुदाय विद्रोह गर्न सक्ने भन्दै त्यसको मुख्य कारण जातीय भेदभाव र छुवाछूत नै रहेकोले विभेदको अन्त्य गर्न हिन्दु धार्मिक अभियान्ताहरु एकजुट हुनुपर्ने निष्कर्ष निकालेको बताएका छन् ।

ब्राह्मण पण्डितहरुको उक्त भेलामा लामा हाक्पा तामाङ्ग, मोहन रुम्बा लामा, किरात धर्मगुरु डा.चन्द्र कुमार सेर्मा, मगर समुदायका गुरु अर्जुन राना, मष्टो कुल संरक्षणका महासचिव बिष्णु बहादुर खड्का पनि सहभागिता थिए । उक्त भेलामा नेपालका विभिन्न जिल्लाबाट समेत पुरोहित पण्डितहरुको सहभागि थिए । उनीहरुलेदलित समुदायका हिन्दु धर्मका विधि विधान गर्ने पण्डित तथा धार्मिक अगुवाहरुको उपस्थिति भएको हिन्दु धार्मिक अभियान्ता कर्ण विश्वकर्माले बताए ।

विश्वकर्माले वैदिक सनातन धर्मको रक्षा गर्दै जातीय विभेद र छुवाछूतलाई अन्त्य गर्ने सम्बन्धमा छलफल भएको बताए ।
अहिले हिन्दु अभियान्ताहरु अतालिए पनि हिन्दु धर्मशास्त्र परिवर्तन गर्न आवश्यक भएको विषयमा समेत गम्भिर रुपमा बहस भएको विश्वकर्माले जानकारी दिए ।

‘को हुन् दलित ?’
नामक पुस्तकमा लेखिएको छ, ‘भारतीय उप–महाद्धीप आजको भारतमा करिब ३५ सय वर्षअघि वर्ण व्यवस्थाको जग हालिएको हो । हिन्दु धर्मको मुलग्रन्थ मध्ये सबैभन्दा पुरानो वेद ऋग्वेदको दशौं मण्डलको पुरुष सुक्त ९० ऋचामा ब्राह्मण, क्षेत्री, बैश्य र शुद्र उल्लेख गरिएको छ । यसैका आधारमा मनुस्मृति अध्याय १ को ३ को २४१ मा शुद्रलाई सबैभन्दा बढि अपमानित गरिएको छ ।

हिन्दु अभियान्ता जयस्थिति मल्लाका पालामा १४ औं शताब्दी (१३८२–१३९५) उक्त व्यवस्था बाहुनहरुले नेपालमा भित्र्याएका हुन् । अहिलेको आधुनिक नेपाल अढाई सय वर्ष अघि अर्का हिन्दु अभियान्ता पृथ्वीनारायण शाहले जात व्यवस्थालाई कडाईका साथ लागु गरे, त्यसलाई आधुनिक हिन्दु अभियान्ता जंगबहादुर राणाले वेद, मनुस्मृति, मल्लकालिन न्यायविकासिनी हुँदै मुलुकी ऐन १९१० को निर्माण गरी पूर्णरुपमा जात प्रथाको विकास गरेका हुन् । जबसम्म हिन्दु धर्म रहन्छ तबसम्म जात व्यवस्था बलियो बन्छ । त्यसैले जात प्रथाको अन्त्य गर्न कि हिन्दु धर्मशास्त्र परि मार्जन गर्नुपर्छ कि त हिन्दु धर्म त्याग गर्नुपर्छ । जात प्रथा हिन्दु धर्मको अभिषाप हो ।’

सोमबार, साउन १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.