बैशाख २१, चितवन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज (बुधबार) चितवन आउने भएका छन् ।
बिहीबार केन्द्रीय बस टर्मिनल भरतपुरमा हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न देउवा चितवन आउने भएका हुन् । चुनावीसभा सम्बोधन गर्न विराटनगर पुगेका देउवा सिधै चितवन आउन लागेका हुन् ।
सभामा सहभागि हुनुअघि सभापति देउवाले भरपुरका असन्तुष्ट कांग्रेस नेताहरुसँग भेटवार्ता गर्ने सम्भावना छ । प्रधानमन्त्री देउवाले भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेर ‘उम्मेदवारी निष्क्रिय बनाई गठबन्धनलाई साथ दिन’ आग्रह गर्ने सम्भावना छ ।
यस अघि देउवाले पौडेललाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण राज्य मन्त्री उमेश श्रेष्ठलाई चितवन पठाएका थिए । तर मन्त्रीद्धयको आग्रह अस्वीकार गर्दै पौडेलले आफ्नो उम्मेदवारी कायमै राखेका हुन् ।
भरतपुरमा बिहीबार हुने चुनावी सभालाई देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम्ल दाहाल (प्रचण्ड) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसक वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सत्ता गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाललाई उठाएको छ । यस्तै कांग्रेसबाट चित्रसेन अधिकारी उपमेयरमा उठेका छन् । केन्द्रीय गठबन्धनको उक्त निर्णयप्रति असन्तुष्ट काँग्रेस चितवनका नेता कार्यकर्तालाई भरतपुरको उमेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा उठाएको हो ।

