बैशाख १३, काठमाडौं । वैशाख ३० गते हुने पालिका चुनावका लागि भक्तपुर जिल्लाको भक्तपुर थिमि नगरपालिकामा मेयर, उपमेयर तथा नाै वटा वडामा गरी दुई सय सात जनाको उम्मेदवारी परेको छ ।
यसमा मेयरमा १४ जनाको उम्मेदवारी परेको छ भने उपमेयरमा नाै, वडाध्यक्षमा ५६, सदस्यमा ७२, महिला सदस्यमा ३८ र दलित महिला सदस्यमा १८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मेयरमा मदनसुन्दर श्रेष्ठ (एमाले), आशाहरी प्रजापति (नेमकिपा), जीवपति श्रेष्ठ (स्वतन्त्र), दिनेश श्रेष्ठ (स्वतन्त्र), लोसपाकी देवी माया खाती, प्रजन श्रेष्ठ (स्वतन्त्र), प्रेम कृष्ण प्रजापति (स्वतन्त्र), भगवती चौलागाईं (नेपाल सुशासन पार्टी) र भुवन वाग श्रेष्ठ (राप्रपा) काे उम्मेदवारी परेकाे छ । यस्तै रञ्जन प्रजापति (स्वतन्त्र), राजेश बाडे (नेपालका लागि नेपाली), राम बुढाथोकी (स्वतन्त्र), लक्ष्मीप्रसाद बास्तोला (स्वतन्त्र), सुरेन्द्र श्रेष्ठ (नेपाली कांग्रेस ) ले मेयरमा मनाेनयन दर्ता गराएका छन् ।
त्यस्तै उपमेयरमा उत्तरा नेपाल (एमाले), गोविन्द गुरुङ (लोसपा), दीक्षा बाडे (नेमकिपा), दिनेश श्रेष्ठ (स्वतन्त्र), प्रमिला सुवेदी आचार्य (स्वतन्त्र), भक्तकुमारी श्रेष्ठ (स्वतन्त्र), विजय कृष्ण श्रेष्ठ (माओवादी), शान्ति श्रेष्ठ (राप्रपा) र सुशीला आचार्य (स्वतन्त्र) हुनुहुन्छ ।

